डोटीको क्वारेन्टाइनमा एक युवकको मृत्यु « Khabarhub

डोटीको क्वारेन्टाइनमा एक युवकको मृत्यु


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी – डोटीको क्वारेन्टाइनमा बसेका एक युवकको आइतबार विहान मृत्यु भएको छ ।

जिल्लाको केआई सिंह गाउँपालिका वडा नं. ३ स्थित क्वारेन्टाइनमा रहेका १९ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको हो ।

वडा नं. ३ दल्लका ती युवकको आइतबार बिहान तीन बजे मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक तिलबहादुर बोहराले जानकारी दिए ।

उनी लामो समयदेखि मुटुको रोगी रहेको बुझिएको छ ।

भारतको दिल्लीबाट आएका उनी जेठ २० गतेदेखि  सीताराम आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

उनी लामो समयदेखि मुटुको रोगी भएका कारण उनको हेरचाहका लागि उनका बाबु खटिएका थिए ।

मृतकका बुवा लगायत अन्य १० जना समेत सो क्वारेन्टाइनमा बसेका छन् । मृतक युवा लगायत क्वारेन्टाइनमा बसेका सबैको स्वाब संकलन गरी पीसीआर परीक्षणको तयारी भइरहेको स्वास्थ्य संयोजक बोहराले जानकारी दिए ।

स्वाबको रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन गरिने स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ७ : ५० बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ