विदेशबाट उद्धार गरिएका गर्भवती र सुत्केरीलाई बेग्लै क्वारेन्टाइन हुन्छ : मन्त्री गुरुङ « Khabarhub

विदेशबाट उद्धार गरिएका गर्भवती र सुत्केरीलाई बेग्लै क्वारेन्टाइन हुन्छ : मन्त्री गुरुङ


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले विदेशबाट उद्धार गरिएका गर्भवती तथा सुत्केरीलाई बेग्लै क्वारेन्टाईनको व्यवस्था गरिने बताएका छन् ।

मन्त्री गुरुङले एक विज्ञप्ति जारी गर्दै गर्भवती तथा सुत्केरी महिलालाई क्वारेन्टाईनलगायतको उचित व्यवस्था गर्न सामाजिक संघ, संस्थाहरु परिचालन गरिएको बताए ।

आईतबार मन्त्रालयका विज्ञहरुसँगको ‘भर्चुअल’ बैठकमा मन्त्री गुरुङले कोरोना भाइरसको महामारीबाट असहाय बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलगायत संवेदनशील वर्ग र समूदायको सुरक्षा गर्न सरकारले विशेष ध्यान दिईरहेको बताए ।

मन्त्री गुरुङले लकडाउन खुकुलो बनाउँदै लैजाने नीति सरकारले लिएको उल्लेख गर्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् ।

बैठकमा विज्ञहरु चाँदनी जोशी, रेणु अधिकारी, लक्ष्मी कार्की, राधा पौडेल, लिली थापा, निर्मला शर्मा, नितु पण्डितलगायतले कोरोना भाईरसको महामारीबाट जोगाउन महिलालाई छुट्टै क्वारेन्टाईनको व्यवस्था गर्न, महिला हिंसाका घटना हुन नदिन मन्त्री गुरुङको ध्यानाकर्षण गराएको मन्त्री गुरुङका प्रेस संयोजक सन्तोष खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ३ : ३७ बजे

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा