यी हुन पशुपतिनाथमा भक्तजनले पालना गर्नुपर्ने आचरण « Khabarhub

यी हुन पशुपतिनाथमा भक्तजनले पालना गर्नुपर्ने आचरण


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पशुपतिनाथ हिन्दु धर्मालम्बीको महत्वपूर्ण तीर्थस्थल हो । भगवान पशुपतिनाथको दर्शन गर्न देश विदेशबाट ठूलो संख्यामा हिन्दू धर्मावलम्वीको भीड लाग्ने गरेको छ ।

पशुपतिनाथको दर्शन गर्ने भक्तजनहरुका लागि निश्चित नियमहरु बनाइएका छन् । सम्पूर्ण भक्तजन तथा दर्शनार्थीहरुले पालना गर्नुपर्ने आचरण यस्ता छन्-

क. मन्दिर प्राङ्गणमा छालाजन्य बस्तु धारण गरी प्रवेश गर्न निषेध गर्ने ।

ख. मन्दिर प्राङ्गणमा शान्त एवं धार्मिक तथा आध्यात्मिक वातावरण कायम गर्न सहयोग पुर्याउने ।

ग. उच्छृङ्खल तथा अशोभनीय गतिविधि नगर्ने ।

घ. कोषद्वारा निर्धारित स्थानमा बाहेक अन्य स्थानमा थुक्न, दिशा पिसाब गर्न र फोहोर मैला फाल्न नहुने ।

ङ. आफूले मन्दिरमा चढाउन लागेको भेटी, दान तथा दक्षिणा नगद भएमा नजिकैका भेटीपात्र तथा दानपात्रमा राख्ने वा राख्न लगाउने र अन्य कुनै द्रव्य वा जिन्सीको हकमा कोषमा दाखिला गरी त्यसको रसिद भरपाई लिने वा लिन लगाउने ।

च. अशक्त, अपाङ्ग व्यक्ति तथा बृद्ध बृद्धाका लागि अग्रीम दर्शन गर्न यथोचित सहयोग गर्ने वा गराउने ।

छ. पूजा कार्यमा संलग्न भट्ट भण्डारीहरुसँग मर्यादित व्यवहार गर्ने ।

ज. मन्दिरमा सेवा लिए वापत कुनै पनि पूजारी, भण्डारी, कर्मचारी। सुरक्षाकर्मी तथा अन्य व्यक्ति विशेषलाई नगद, जिन्सी उपहार नदिने ।

झ. कोषद्वारा निर्धारित स्थानमा बाहेक अन्य स्थानमा क्यामरा, मोबाइल फोन तथा यस्तै अन्य विद्युतीय उपकरण प्रयोग नगर्ने ।

ञ. निर्धारित स्थानमा बाहेक अन्य स्थानमा धुप वत्ति बाल्न नहुने ।

ट. जुत्ता चप्पल लगाई मन्दिर प्रबेश गर्न नहुने ।

ठ. मन्दिर प्राङ्गणमा चुरोट, विडी, खैनी, पान तथा अन्य सूर्तीजन्य वस्तु प्रयोग नगर्ने ।

ड. मादक पदार्थ सेवन गरी मन्दिर प्रवेश नगर्ने ।

ढ. पशुपति क्षेत्रमा रहेका देवदेवीका मूर्तिमा क्षति पुर्याउने नहुने ।

ण. निर्धारित सुरक्षा व्यवस्थाको पालना गर्ने ।

त. मन्दिर प्राङ्गणभित्र कोषले तोकेको स्थानमा मात्र धार्मिक कार्य गर्ने ।

थ. तोकिएको स्थानमा बाहेक अन्य स्थानमा सवारी साधन ल्याउन वा रोकी राख्न नहुने ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  १० : ३० बजे

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता