अर्घाखाँचीमा एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि « Khabarhub

अर्घाखाँचीमा एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची- अर्घाखाँचीमा आज एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टाइनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना देखिएका उनीहरु कुन ठाउँको क्वारेन्टाइनमा बसेका हुन् भन्नेबारे खोजी भइरहेको जिल्ला निरीक्षक पौडेलले बताए ।

प्यूठानको सरुमारानी गाउँपालिका–२ मा हिजो भेटिएका १९ वर्षीय कोरोना सङ्क्रमित पुरुषलाई आज कोरोना विशेष अस्पताल दाङ बेलझुण्डी लैजाने तयारी गरिएको छ ।

खड्केश्वरी प्राथमिक विद्यालयको क्वारेन्टाइनमा बसेका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पालिकामा आइसोलेशन नभएका कारण उनलाई उपचारका लागि बेलझुण्डी लैजान लागिएको स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीले बताए ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  १ : ०१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना