अष्ट्रेलियाको क्यानबेरा उड्यो नेपाल एयरलाइन्स « Khabarhub

अष्ट्रेलियाको क्यानबेरा उड्यो नेपाल एयरलाइन्स


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको राजधानी क्यानबेरामा चाटर्ड उडान गरेको छ ।

निगमको वाइड बडी ए३३० जहाज आज साँझ ५ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानबेराका लागि उडान भरेको हो । वाइड बडी जहाजले २६३ यात्रु बोकेर क्यानबेरा उडेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए ।

निगमले आज तेस्रो पटक अष्ट्रेलियामा चाटर्ड उडान गरेको छ । यो नेपालको राजधानी र अष्ट्रेलियाको राजधानी जोड्ने पहिलो उडान हुनेछ ।

नेपालस्थित अष्ट्रेलियाली दूतावासले निगमको वाइड बडी जहाज चार्टर्ड गरेको निगमले जनाएको छ । नेपालमा लकडाउनका कारण रोकिएका अष्ट्रेलियाली र न्युजिल्याण्डका नागरिक तथा छुट्टीमा आएका ‘पिआर होल्डर’ नेपाली नागरिक सो उडानमा अष्ट्रेलिया फर्किएका हुन् ।

यसअघि वैशाख २४ गते निगमको वाइड बडी जहाजले अष्ट्रेलियाको सिड्नीमा उडान गरेको थियो । त्यस्तै लकडाउनको अवधिमा निगमको वाइड बडी जहाजले पहिलो पटक गत चैत १९ गते अष्ट्रेलियाको ब्रिसबेनमा चार्टर्ड उडान गरेको थियो ।

मलेशियाको क्वालालम्पुर ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको ती दुवै उडान क्रमशः करिब १२ र १३ घण्टाको थियो । निगमको पुनः अष्ट्रेलिया उडान क्वालालम्पुर ट्रान्जिट भएर क्यानबेरा पुग्नेछ ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ८ : ४९ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार ३२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असार ३२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३२ गते बिहीबार सन् २०२६

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो पटक विश्वकप फाइनलमा

काठमाडौँ- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा