‘यो क्वारेन्टाइन हो कि मान्छे मार्ने कन्सन्ट्रेसन क्याम्प ?’ « Khabarhub

‘यो क्वारेन्टाइन हो कि मान्छे मार्ने कन्सन्ट्रेसन क्याम्प ?’


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको महामारी नियन्त्रणमा सरकार चुकेको भन्दै प्रतिनिधि सभाको बैठकको सुरूवातमै अवरोध खडा गरेको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठक प्रारम्भ भएलगत्तै कांग्रेस सांसदहरू आसनबाट उठेर विरोध जनाएपछि सभामुख सापकोटाले विमतिको विषय राख्न ५ मिनेटको समय दिए ।

लगत्तै नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले कोरोनाले मृत्यु भएका मानिसको संख्या लुकाएको इंकित गर्दै क्वारेन्टाइन मान्छे मार्ने केन्द्रको रूपमा विकसित भएको टिप्पणी गरे ।

वर्तमान सरकारले कोरोना भाइरस नियन्त्रण पार लगाउन नसक्ने बताउँदै थापाले भने, ‘१० अर्ब खर्च कहाँ भयो अब हामीलाई हिसाब चाहिन्छ,’ उनले भने, ‘५ वटा पीसीआर मेसिन किन्ने र २५ हजार वटा जम्मा किट किनेर १० अर्बको हिसाब किताब देखाउन पर्दैन ?’

महामारीका बेलाको भ्रष्टाचार निर्लज्जताको पराकाष्ठा भएको उनको टिप्पणी छ । क्वारेन्टाइनको गुणस्तरमा प्रश्न उठाउँदै उनले सरकारलाई प्रश्न गरे, ‘१ लाख ६६ हजार मानिस बस्छन् भनेर प्रधानमन्त्री आएर बताउनुहुन्छ, यो क्वारेन्टाइन हो कि मान्छे मार्ने कन्सन्ट्रेसन क्याम्प हो ?’ थापाले प्रश्न राखेपछि कांग्रेसले अवरोध हटाएको थियो ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  १२ : ०२ बजे

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी

भजन संस्कृति प्रवर्द्धन गर्दै ललितकला क्याम्पस

काठमाडौं– ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त