सीमा विवादका विषयमा भारतले वार्ता गर्न चाहेन : परराष्ट्रमन्त्री ज्ञवाली « Khabarhub

सीमा विवादका विषयमा भारतले वार्ता गर्न चाहेन : परराष्ट्रमन्त्री ज्ञवाली


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा समस्या समाधानका लागि पटकपटक वार्तामा बस्न आग्रह गर्दा पनि भारत तयार नहुनुलाई आश्चर्यजनक भएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत सम्बन्धित मन्त्रालयसँग सम्बन्धित बजेटका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले अतिक्रमित भूमिको विवाद सुल्झाउन भारतलाई वार्तामा राख्न निरन्तर ताकेता गरिरहेको जानकारी दिँदै भारतले नचाहिरहेको जानकारी गराए ।

“वार्ताका लागि निरन्तर ताकेता गरिरहेका छौं। वार्ता बाहेकको अर्को विकल्प छैन। हामीले सुगौली सन्धिबाट कायम भएको भूमि दाबी गरेका छौं” उनले भने “लद्दाखमा भारत धकेलाधकेल पन्छाएर वार्तामा बस्ने तर नेपालको हकमा भने वार्तामा बस्न नचाहनुले हामीलाई पनि आश्चर्यमा पारेको छ ।”

मन्त्री ज्ञवालीले गत २ नोभेम्बरान सार्वजनिक गरेको नक्सा भारतले स्वीकार गरे पुग्ने उल्लेख गर्दै नेपालले अतिरिक्त आकांक्षा नखोजेको बताए । “छिटो गरौं भन्ने ताकेता गरिरहेका छौं, हामीले अतिरिक्त भौगोलिक आकांक्षा खोजेका छैनौं,” उनले भने ।

सांसदहरूले प्रश्न राख्ने क्रममा बोलेका कतिपय शब्दमा ख्याल गर्न आग्रह गर्दै मन्त्री ज्ञवालीले नक्साबारे टिप्पणी गर्दा आफ्नै मर्यादा बिर्सन नहुने सुझाव सांसदहरूलाई दिए ।

मन्त्री ज्ञवालीले कांग्रेस सांसद प्रदीप गिरीले नक्सा सार्वजनिकलाई ‘नक्साअस्त्र’ भनि प्रयोग गरेको शब्दमा समेत आपत्ति जनाए । उनले अस्त्रको मतलब लडाइंका लागि प्रयोग हुने हतियार हुने भन्दै नेपाले त्यस्तो कुनै अस्त्र प्रयोग गर्नुपर्ने अवस्थाको पक्षमा नरहेको व्याख्या गरे ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ४ : ०० बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा