२४ घण्टामा ९६ जना डिस्चार्ज, कोरोना संक्रमण निको हुनेको संख्या ५८४ पुग्यो « Khabarhub

२४ घण्टामा ९६ जना डिस्चार्ज, कोरोना संक्रमण निको हुनेको संख्या ५८४ पुग्यो


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९६ जनाले कोरोना संक्रमण जितेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या ५ सय ८४ पुगेको छ ।

जनकपुरमा आज कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या ३० रहेको छ । उनीहरु धनुषाका ६ जना महिला र २४ जना पुरुष रहेका छन् ।

यसैगरी बलम्बु अस्पताल काठमाडौंबाट थप १ जना महिला निको भएर अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यसैगरी बाँकेमा थप २२ जना पुरुषले कोरोना संक्रमण जितेका छन् । त्यस्तै रात्ती आइसोलेशनबाट बाँकेका ७ जना पुरुष कोरोना संक्रमण जितेर घर फर्केका छन् ।

प्रवक्ता गौतमका अनुसार धरानबाट झापाका २८ जना पुरुष डिस्चार्ज भएका छन् । यस्तै, दाङबाट बर्दियाका ४ जना पुरुष डिस्चार्ज भएका छन् । र दैलेखमा एक जना महिलाले कोरोना संक्रमण जितेकी छिन् । योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ५८४ पुगेको छ ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ५ : ०२ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा