सुदूरपश्चिममा पीसीआर मेसिनसहित थप तीन प्रयोगशाला सञ्चालनमा ल्याइँदै « Khabarhub

सुदूरपश्चिममा पीसीआर मेसिनसहित थप तीन प्रयोगशाला सञ्चालनमा ल्याइँदै


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले असार दोस्रो साताबाट सुदूरपश्चिममा पीसीआर मेसिनसहितका थप तीन प्रयोगशाला सञ्चालनमा आउने बताएका छन् ।

मन्त्री सुवेदीले सुदूरपश्चिमको मन्त्रिपरिषद्ले गरेको पूर्वनिर्णयअनुसार तीनवटा पीसी मेसिनसहित प्रयोगशाला सञ्चालनका लागि आवश्यक थप सामग्री खरिद गर्न बोलपत्र भइसकेको बताएका हुन् ।

उनले असार दोस्रो सातासम्म बैतडी, डोटी र कैलालीमा मेसिन जडान गरेर सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

केही सातापहिले भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका नाकामा नेपालीहरू आएर जम्मा हुँदा पनि नाका खोल्ने अधिकार प्रदेश सरकारलाई सङ्घीय सरकारले नदिएका कारण प्रदेशमा तीव्र गतिमा कोरोना फैलिएको आरोप मन्त्री सुवेदीले लगाए ।

त्यस बेला नाका खोल्ने अधिकार प्रदेश सरकारलाई दिएको भए सबैको स्वास्थ्य परीक्षण र व्यवस्थापन प्रदेश सरकारले गरिसक्ने र सङ्क्रमणको अवस्था यस्तो नहुने मन्त्री सुवेदीले बताए ।

मन्त्री सुवेदीले कोरोना रोकथाममा प्रदेश सरकार आफ्नो क्षमताअनुसार लागिरहेको बताए । केही अधिकार सङ्घले प्रदेशलाई नदिँदा जनअपेक्षाअनुसार काम हुन नसकेकाले समस्या भएको जिकिर गर्दै मन्त्री सुवेदीले अब भने त्यसो नहुने बताए ।

उनले अब प्रदेशमा थप तीन थान पीसी मेसिन, २० थान भेन्टिलेटर लगायतका आवश्यक स्वास्थ्य सामग्री खरिद प्रक्रियामा रहेको र असारको पहिलो साताबाटै प्रयोगमा ल्याउने गरी काम गरिरहेको बताए ।

प्रदेशका विभिन्न पालिकामा सञ्चालित क्वारेन्टिन मापदण्डअनुसार नभएको, क्वारेन्टिनमा मृत्यु हुनेको सङ्ख्या बढिरहेको भन्दै तीव्र आलोचना भइरहेका बेला मन्त्री सुवेदीले ठूलो सङ्ख्यामा क्वारेन्टिनमा व्यवस्थापन गर्नुपर्दा धेरै किसिमका समस्याका कारण केही असुविधा भएको स्वीकार गरे ।

उनले  स्थानीय तहलाई क्वारेन्टिन थप व्यवस्थित बनाउन परिपत्र गरिसकेको समेत जानकारी दिए ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ८ : ०८ बजे

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा