लकडाउनको स्वरूप परिवर्तन हुने, मन्त्रिपरिषद बैठक बस्दै « Khabarhub

लकडाउनको स्वरूप परिवर्तन हुने, मन्त्रिपरिषद बैठक बस्दै


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे २ महिनादेखिको लकडाउनले जनजीवन कठिन बन्दै गएपछि सरकारले लकडाउनको स्वरूप परिवर्तन गर्ने तयारी गरेको छ ।

यसबारे आवश्यक निर्णय गर्न आज अपराह्न २ बजे प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद बैठक बोलाइएको छ । बैठकमा लकडाउनको स्वरूप परिवर्तन, जनस्वास्थ्य संकटकाल लगायतका विषयमा आवश्यक निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए ।

लकडाउन लम्बिदै गएपछि आर्थिक गतिविधि ठप्प भएको छ । जसले आममानिसको जनजीवन नै अस्तव्यस्त भएको छ ।

लकडाउन लम्बिदा पनि संक्रमण नघटेको तथा जनजीवन पनि अस्तव्यस्त भएपछि जनजीवन सहज बनाउने उपायसहित कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नै राख्ने गरिको निर्णय गर्न  सरकारलाई दबाब परेको छ।

लकडाउनको स्वरूप परिवर्तन नभइकनै ठाउँ ठाउँमा बजार पसल खुल्न थालेका छन् भने सडकमा सवारीसाधनको चाप पनि बढ्न थालेको छ ।

लकडाउनको स्वरूप परिवर्तनबारे जनदबाब बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार अर्थविद् र जनस्वास्थ्यविदहरूसँग छलफल गरेका थिए । त्यसपछिको मन्त्रिपरिषद बैठकले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटी तयार गरेर सिफारिस गर्न निर्देशन दिएको थियो ।

नेपालमा कोरोनाका २ जना संक्रमित देखिएपछि चैत्र ११ गते सुरू गरिएको लकडाउनकै अवधिमा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ७ : ५९ बजे

उस्तै छ भविष्य खोज्न विदेशिनेको लर्को (तस्बिरहरू)

काठमाडौं– देशमा नयाँ सरकार आए पनि विदेशिने युवाहरूको लर्को उस्तै

बुढानीलकण्ठ विद्यालय प्रकरणमा विद्यालय र अभिभावक संगठनको स्पष्टीकरण, भ्रामक प्रचार नगर्न आग्रह

काठमाडौं– बुढानीलकण्ठ विद्यालयमा विद्यार्थीमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्ने

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी

नेपाल–चीनबीचको सहकार्य र आपसी विश्वासलाई अझ सुदृढ बनाउने छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं– वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक