हामीले कोरोना नियन्त्रणमा प्रभावकारी कदम चालेका छौं- प्रधानमन्त्री ओली (भिडियोसहित) « Khabarhub

हामीले कोरोना नियन्त्रणमा प्रभावकारी कदम चालेका छौं- प्रधानमन्त्री ओली (भिडियोसहित)


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधामन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण तथा रोकथामका लागि सुरु देखि नै प्रभावकारी रुपमा कदम चालेको दावी गरेका छन् ।

संसदमा सांसदहरुले उठाएका प्रश्नहरुको आज जवाफ दिंदै उनले कोरोनाविरुद्ध शत प्रतिशत काम गर्न नसकिएको हुन सक्ने भए पनि अधिकतम प्रयास गरेको बताए ।

अरु देशमा धमाधम कोरोनाको संक्रमण देखिंदा नेपालमा अति थोरै मात्र संक्रममा सीमित पार्न सकेको भन्दै सरकारको कदमको बचाउ गरे ।

देशको स्वास्थ्य पूर्वाधारमा भएको कमजोरीका कारण कतिपय कदम लिन कठिनाई भएको प्रधानमन्त्रीको भनाई छ । उनले कोरोनाको संक्रमणको सुरुवातबाटै लकडाउनको नीति लिएको भन्दै सरकारले चालेको लकडाउनको नीतिको प्रतिरक्षा गरे ।

लकडाउनले कोरोना नियन्त्रणमा प्रभावकारी भएको उनको भनाई छ । भौतिकदुरी कायम गर्ने, मास्क लगाउने, स्वस्थ खाना खाने, हात धुने लगायतका सरकारले अघि बढाएका कुरा समान्य कुरा नभएको प्रधानमन्त्रीको भनाई छ ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ११ : ५७ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा