सेनाको हेलिकोप्टरबाट टिप्पर दुर्घटनाका घाइतेको उद्धार « Khabarhub

सेनाको हेलिकोप्टरबाट टिप्पर दुर्घटनाका घाइतेको उद्धार


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालीकोट- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली सेनाको हेलिकप्टरमार्फत कालीकोटमा भएको टिप्पर दुर्घटनाका घाइतेलाई उद्धार गरेका छन् ।

मुख्यमन्त्री शाही आज आफै नेपाली सेनाको हेलिकप्टर लिएर कालीकोट गएका हुन् । आज बिहान नरहरिनाथ गाउँपालिका–१ कालीकोट लालीघाटस्थित ना८ख ५१३३ नम्बरको टिपर दुर्घटनामा परी गम्भीर घाइते रासकोट नगरपालिका–२ कालीकोटका २० वर्षीया निश्पता सार्की, २८ वर्षीया मीन सार्कीलाई थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएको मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिए ।

उनीहरुलाई उपचारका लागि काठमाडौँ पठाइएको प्रेस सल्लाहकार बुढाथोकीले बताए । आठ जना घाइतेमा बाँकी छ जनाको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको उनले बताए ।

उनका अनुसार मुख्यमन्त्री शाहीले जिल्ला अस्पताल कालीकोटमा उपचाररत घाइते सबैलाई भेटेर शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दै चिकित्सक एवं स्वास्थ्यकर्मीलाई उपचारका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।

उक्त घटनामा भने रासकोट नगरपालिका–१ का २३ वर्षीय शर्मिला सार्की र २१ वर्षीय ठुम्की सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक ओलियाका अनुसार हराएका तीन र घाइतेसहित ३४ जना सम्पर्कमा आएका छन् । टिपर चालक रङ्गनाथ धमलालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

भारतबाट घर फर्केका ३९ नागरिकहरु सबै रासकोट नगरपालिकाका रहेको बताइएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ९ : २९ बजे

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री, पाँच पुल निर्माण प्रक्रिया अघि बढाउन निर्देशन

मुस्ताङ- गण्डकी प्रदेशका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको

कांग्रेसमा बढ्यो आन्तरिक राजनीतिक भेटघाट

काठमाडौं- नेपाली कांग्रेसभित्र पछिल्लाे समय शीर्ष नेताहरूबीच आन्तरिक राजनीतिक भेटघाट र छलफल तीव्र

तेहरानमा अली खामेनेईलाई अन्तिम श्रद्धाञ्जली दिन लाखौँको भीड

तेहरान- इरानका सर्वोच्च नेता अली खामेनीको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन राजधानी तेहरानमा

सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार

काठमाडौं– सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी

अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी

एजेन्सी– संयुक्त राज्य अमेरिकाको २५०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले