नेपालमा कोरोना संकट चुलिन सक्नेतर्फ सचेत रहन डब्ल्यूएचओको सुझाव « Khabarhub

नेपालमा कोरोना संकट चुलिन सक्नेतर्फ सचेत रहन डब्ल्यूएचओको सुझाव


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालस्थित विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रतिनिधि जस भ्यान्डेलरले नेपालमा कोरोना भाइरसको संकट अझै चुलिनसक्नेतर्फ सचेत गराएका छन् ।

नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय प्रमुख भलेरी जुलियान्डसहित बुधबार सञ्चारकर्मीहरुसँगको भिडियो अन्तरक्रियामा उनले नेपालमा कोरोना संक्रमित अझै बढ्न सक्ने बताएका हुन् ।

उनले भने, ‘संकट सकिएको छैन, अझै बढी संक्रमित देखिन सक्छन् ।’ लकडाउनलाई निरन्तरता दिए पनि वा खुकुलो बनाए पनि संक्रमित बढिरहने उनको भनाइ थयो ।

उनले कोरोना रोकथामका लागि मास्क लगाउने, हात धुने र सामाजिक दुरी राख्ने कुरा नै महत्वपूर्ण  रहेको बताउँदै अब नयाँ तरिकाले बाँच्न सिक्नुपर्ने बताए ।

लामो समय लकडाउन हुँदा अर्थतन्त्रमा समेत प्रभाव पार्ने भएकोले अब स्वास्थ्य सुरक्षा र जनताको आर्थिक सुरक्षा दुवैलाई सँगसँगै लैजान सरकारलाई चुनौती रहेको उनले बताए ।

यो विषम परिस्थितिको सामना नेपालले मात्र नभएर विश्वका अधिकांश मुलुकले भोगिरहेको उनको भनाइ थियो ।

नेपालमा परीक्षण क्षमता र दायरा बढाउन पनि उनले सुझाव दिएका छन् ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ९ : ५३ बजे

आजको कार्टुन – ओलीको नयाँ अवतार !

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनबाट अध्यक्ष पदमा केपी

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली– जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं– सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता जेन-जीद्वारा

एमालेका केन्द्रीय सदस्य अधिकारीले लिए सक्रिय राजनीतिबाट बिदा

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य कासीनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा ‘फाउल