नेपालमा कोरोना संकट चुलिन सक्नेतर्फ सचेत रहन डब्ल्यूएचओको सुझाव « Khabarhub

नेपालमा कोरोना संकट चुलिन सक्नेतर्फ सचेत रहन डब्ल्यूएचओको सुझाव


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालस्थित विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रतिनिधि जस भ्यान्डेलरले नेपालमा कोरोना भाइरसको संकट अझै चुलिनसक्नेतर्फ सचेत गराएका छन् ।

नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय प्रमुख भलेरी जुलियान्डसहित बुधबार सञ्चारकर्मीहरुसँगको भिडियो अन्तरक्रियामा उनले नेपालमा कोरोना संक्रमित अझै बढ्न सक्ने बताएका हुन् ।

उनले भने, ‘संकट सकिएको छैन, अझै बढी संक्रमित देखिन सक्छन् ।’ लकडाउनलाई निरन्तरता दिए पनि वा खुकुलो बनाए पनि संक्रमित बढिरहने उनको भनाइ थयो ।

उनले कोरोना रोकथामका लागि मास्क लगाउने, हात धुने र सामाजिक दुरी राख्ने कुरा नै महत्वपूर्ण  रहेको बताउँदै अब नयाँ तरिकाले बाँच्न सिक्नुपर्ने बताए ।

लामो समय लकडाउन हुँदा अर्थतन्त्रमा समेत प्रभाव पार्ने भएकोले अब स्वास्थ्य सुरक्षा र जनताको आर्थिक सुरक्षा दुवैलाई सँगसँगै लैजान सरकारलाई चुनौती रहेको उनले बताए ।

यो विषम परिस्थितिको सामना नेपालले मात्र नभएर विश्वका अधिकांश मुलुकले भोगिरहेको उनको भनाइ थियो ।

नेपालमा परीक्षण क्षमता र दायरा बढाउन पनि उनले सुझाव दिएका छन् ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ९ : ५३ बजे

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल