आइफोनमा अब कल रेकडिङको पनि सुविधा « Khabarhub

आइफोनमा अब कल रेकडिङको पनि सुविधा


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  एप्पलले सार्वजनिक गर्न लागेको नयाँ आइफोनमा कल रेकडिङ पनि गर्न मिल्ने सुविधा थपिएको खुलेको छ ।

केहि समयअघि ह्याकरहरुले एप्पलको आउन लागेको नयाँ अपरेटिङ्ग सिस्टम आईओएस १४ को बारेमा सार्वजनिक गरेको विवरण अनुसार  एप्पलको आईओएसमा भ्वाइस कल तथा फेसटाइम रेकर्डिङ गर्न सकिने फिचर राखिएको छ ।

कल रेकर्डिङ फंगसनको रूपमा चिनिने उक्त फीचर सेटिङ एप्लिकेसनमा नै प्राप्त हुनेछ ।

जेलब्रेक कम्युनिटीमार्फत भर्खर आएको नयाँ जानकारी अनुसार
कल रेकडिङ गर्नका लागि फोन गर्ने अर्को व्यक्तिको सहमति आवश्यक पर्ने स्पष्ट पारिएको छ । उक्त विषयले कसैको गोपनियता भंग भए स्थानीय कानून आकर्षित हुने पनि एप्पलले प्रष्ट्याएको छ ।

कल रेकर्डिङ्ग वा कल ट्याप गर्नु अधिकांश देशहरुमा गैर कानूनी रहेको छ । नेपालमा पनि कल रेकर्डिङ्गलाई गैह्रकानूनी मानिएको छ । एप्पलले आफ्नो नयाँ आईओएस १४ यहि जून २३ मा लन्च गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ९ : १२ बजे

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल