आइफोनमा अब कल रेकडिङको पनि सुविधा « Khabarhub

आइफोनमा अब कल रेकडिङको पनि सुविधा


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  एप्पलले सार्वजनिक गर्न लागेको नयाँ आइफोनमा कल रेकडिङ पनि गर्न मिल्ने सुविधा थपिएको खुलेको छ ।

केहि समयअघि ह्याकरहरुले एप्पलको आउन लागेको नयाँ अपरेटिङ्ग सिस्टम आईओएस १४ को बारेमा सार्वजनिक गरेको विवरण अनुसार  एप्पलको आईओएसमा भ्वाइस कल तथा फेसटाइम रेकर्डिङ गर्न सकिने फिचर राखिएको छ ।

कल रेकर्डिङ फंगसनको रूपमा चिनिने उक्त फीचर सेटिङ एप्लिकेसनमा नै प्राप्त हुनेछ ।

जेलब्रेक कम्युनिटीमार्फत भर्खर आएको नयाँ जानकारी अनुसार
कल रेकडिङ गर्नका लागि फोन गर्ने अर्को व्यक्तिको सहमति आवश्यक पर्ने स्पष्ट पारिएको छ । उक्त विषयले कसैको गोपनियता भंग भए स्थानीय कानून आकर्षित हुने पनि एप्पलले प्रष्ट्याएको छ ।

कल रेकर्डिङ्ग वा कल ट्याप गर्नु अधिकांश देशहरुमा गैर कानूनी रहेको छ । नेपालमा पनि कल रेकर्डिङ्गलाई गैह्रकानूनी मानिएको छ । एप्पलले आफ्नो नयाँ आईओएस १४ यहि जून २३ मा लन्च गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ९ : १२ बजे

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

काठमाडौँ– राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्

हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

हङकङ– सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको सङ्क्रमणकालीन

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत