कालीकोट दुर्घटनामा ज्यान गुमाएका तीनै जनाको परिचय खुल्यो | Khabarhub Khabarhub

कालीकोट दुर्घटनामा ज्यान गुमाएका तीनै जनाको परिचय खुल्यो


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालीकोट- कालीकोटमा भएको टिपर दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै परिचय खुलेको छ ।

घटनास्थलमै मुत्यु हुनेमा रास्कोट २ की २३ वर्षीया शर्मिला सार्की र २१ वर्षीया थुम्की सार्की छन् भने रास्कोट नगरपालिका-२ की २० वर्षीया निस्पता सार्कीको काठमाडौंको किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

नरहरिनाथ-१, कर्णाली नदीको तिरमा पर्ने लालीघाटमा बुधबार बिहान टिपर दुर्घटना हुँदा टिपरमा सवार ३९ जनामध्ये दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ८ जनामध्ये २ जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौं लगिएकोमा निस्पता सार्कीको मृत्यु भएको र अर्का घाइते २८ वर्षीय मिन सार्कीको उपचार भइरहेको छ ।

अन्य घाइतेहरु ३५ वर्षका प्रजे सार्की, ३५ वर्षीया अनिता सार्की, १८ वर्षीय विवेक सार्की, १४ वर्षका अशोक परियार, १८ वर्षका गोविन्द सार्की र ३ महिने एक शिशुको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ । टिपर कर्णाली करिडोर सडकबाट झण्डै ३० मिटर तल नदीमा खसेको थियो ।

दुर्घटनामा रास्कोट-२ कै ३१ वर्षीया मन्ना कुमाल र २ वर्षीया बालिका काली सार्की बेपत्ता छन् । घर फर्केका १३ महिला र २६ पुरुषलाई क्वरेन्टिनमा राख्न रास्कोट नगरपालिकाको ना ८ ख ५१३३ नम्बरको टिपरमा लैजाने क्रममा टिपर कर्णाली नदीमा खसेर दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ११ : ०२ बजे

विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक

काठमाडौं– सन् २०२४ मा विश्व मानवअधिकारको अवस्था  चिन्ताजनक रहेको विश्व

आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान

काठमाडौं– नेपाली लेखक सङ्घले आख्यानकार डा ध्रुवचन्द्र गौतमलाई दोस्रो राष्ट्रिय

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा वैदेशिक रोजगारीका लागि विभिन्न देश

उपराष्ट्रपतिसँग युरोपेली सङ्घका राजदूत लोरेन्जाको शिष्टाचार भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक

उत्तरपूर्वी चीनको रेस्टुरेन्टमा आगलागी, २२ जनाको मृत्यु

बेइजिङ– उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा भएको आगलागीमा मंगलबार २२ जनाको