असार १ गतेदेखि के खुल्छन् के खुल्दैनन् ? « Khabarhub

असार १ गतेदेखि के खुल्छन् के खुल्दैनन् ?


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले पहिला तीन चरणको लकडाउन मोडालिटी बनाउँदै सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्था खोल्ने तयारी गरेको छ ।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले तीन चरणको लकडाउन मोडालिटी बनाउँदै आउँदो असार १ गतेदेखि विभिन्न कार्यालयहरु खोल्ने निर्णय गरेको हो ।

सरकारले पहिला तीन चरणको लकडाउन मोडालिटी बनाउँदै पहिलोको २१ दिनमा २१ सेवा तथा कार्य खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पहिलो २१ दिन, त्यसको स्थिति हेरी १५ र फेरि अर्को १५ दिनको लकडाउन खुकुलो बनाउने भएको छ ।

पहिलो चरणमा ५०, दोस्रो चरणमा ७५ प्रतिशत कर्मचारीसहित सरकारी कार्यालय खोल्ने र तेस्रोमा गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्था खोल्ने तयारी गरिएको छ ।

खुला हुने तथा बन्द रहने सेवा तथा कार्यहरु यसप्रकार रहेका छन ।

खुला हुने सेवा तथा कार्यहरुः

स्वास्थ्य सेवासँग सम्बन्धी सबै सेवा र निजी क्लिनिक

औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अण्डा, मासु, खानेपानीको उत्पादन, बिक्रीवितरण तथा ढुवानी, पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण,

फोहोरमैला व्यवस्थापन,

विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सम्बन्धी सेवा,

बैंक तथा वित्तीय संस्था, सहकारी र बीमा सेवा,

सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य,

कृषि बीउबिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डार सम्बन्धी सेवा तथा कार्य,

उत्पादनशील उद्योग,

निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय,

विकास आयोजना (निजी क्षेत्रबाट संचालित समेत),

निर्माण कार्य (निजी समेत),

नदी तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, ढुवानी र बिक्रीवितरण,

रेष्टुरेण्टबाट हुने प्याकिङ तथा टेक अवे सेवा,

क्वारेन्टिनका लागि तोकिएका होटल,

बिजुलीका सामान बिक्री र मर्मत, विद्युतीय उपकरण, मेशीनरी र सवारी साधनको मर्मत गर्ने वर्कसप,

पुस्तक पसल तथा स्टेशनरी,

सबैप्रकारका ढुवानी सेवा,

अत्यावश्यक सेवाका सबै कार्यालय,

अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी)
पहिलो २१ दिनको समीक्षा पछि १५ दिनसम्म यी सेवा तथा कार्य समेत खुला हुनेछन् ।

सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालयहरू र बैंक,

रिक्सा तथा एक लहरमा एक जना यात्रु मात्र बस्ने गरी विद्युतीय रिक्सा,र

कार्यहरू सञ्चालन गर्ने तथा वित्तीय संस्था (सामान्यतया ७५ प्रतिशत कर्मचारी रहने गरी),

ट्याक्सी (चालकबाहेक थप दुई जना यात्रु रहने),

रेष्टुरेण्ट तथा खाजाघर (ब्यक्ति व्यक्तिबीच कम्तीमा २ मिटरको भौतिक दूरी कायम रहने गरी) ।

बन्द रहने सेवा तथा कार्यहरुः

शैक्षिक संस्था विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र,

सपिङ मल, डिपार्टमेण्ट स्टोर (खाद्यपदार्थ बाहेक)

सिनेमा हल, पार्टी प्यालेस, डान्स बार र सबै प्रकारका मनोरञ्जनस्थल,

अनुमतिप्राप्त गरेका बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान,

तोकिए बाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत,

सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन,

२५ जना बढी सहभागी हुने बैठक, गोष्ठी, तालीम, सेमिनार,

सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल,

व्यावसायिक रुपमा सञ्चालित स्वीमिङ पुल, जिमखाना, साउना, स्टिम लगायत

हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटी पार्लर,

समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति,

अत्यावश्यक बाहेकका सबै सवारी साधनहरु,

बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्स, दमकल, शववाहन र ढुवानी बाहेक सबै प्रकारका आवागमन ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  १२ : ३० बजे

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले आगामी १० वर्षका लागि तयार गरेको नगर

तनहुँ जलविद्युत आयोजनाको काम तीव्र गतिमा (तस्बिरहरू)

तनहुँ– नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेड

फिफा विश्वकप : अन्तिम १६ को समीकरण पूरा

काठमाडौँ- फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणका खेलहरु सकिएसँगै

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी