वाग्मती प्रदेशमा सङ्क्रमित १४४, चार जनाको मृत्यु « Khabarhub

वाग्मती प्रदेशमा सङ्क्रमित १४४, चार जनाको मृत्यु


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वाग्मती प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या हालसम्म १४४ पुगेको छ । त्यस्तै प्रदेशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका ३७ सङ्क्रमित कोरोनालाई जितेर घर फर्किएका छन् भने १०३ जना अझै उपचाररत छन् ।
सामाजिक विकास मन्त्रालयका कोरोना विभागका प्रमुख डा पुरुषोत्तम सेढाईँका अनुसार प्रदेशका १३ जिल्लामध्ये चितवनमा सबैभन्दा धेरै ३१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यसअघि कोरोना सङ्क्रमणमा पहिलो रहेको काठमाडौँलाई चितवनसहित धादिङले समेत उछिनेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या धादिङमा २९ र काठमाडौँमा २७ रहेको छ ।

रसुवामा भने हालसम्म एक जनामा पनि सङ्क्रमण नदेखिएको मन्त्रालयले जनाएको छ । यसअघि सङ्क्रमण नदेखिएको दोलखा जिल्लामा बुधबार दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ११ : २८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै