राखेप सदस्य सचिवको गलत प्रचारबाची | Khabarhub Khabarhub

राखेप सदस्य सचिवको गलत प्रचारबाची


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शारीरिक सम्पर्क (फिजिकल कन्ट्याक्ट)कम हुने खेल टेबल टेनिस, आर्चरी र ब्याडमिन्टन खेलको अभ्यास सुरु गरिसकेको दाबी गरेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवालले गलत सूचना सम्प्रेषण गरेको पाइएको छ ।

सामाजिक सञ्जाल मार्फत गरिएको लाइभ अन्तरवार्तामा उनले भनेका छन्, ‘केही दिन अगाडिदेखि मैले व्यक्तिगत स्पर्धाका खेलहरुको अभ्यास सुरु गरेको छु । फिजिकल कन्ट्याक्ट नभएका खेलहरु जस्तो, टेबुल टेनिस, ब्याडमिन्टन, आर्चरी जस्ता खेलका अभ्यास सुरु गरेको छौं ।’ उनलाई खेलाडीको अभ्यास कहिले सुरु हुन्छ भनेर प्रश्न गरिएको थियो ।

उनले अभ्यास सुरु गरेको दाबी गरेपनि कुनै पनि खेल सुरु भएको छैन । सदस्यसचिव सिलवालले मिति तय नगरि केही दिन अगाडिदेखि अभ्यास सुरु भएको बताएपनि सम्बन्धित खेल संघका पदाधिकारीहरु भने यस विषयमा जानकार छैनन् ।

सदस्य सचिव सिलवालले भनेका तीन संघ टेबल टेनिस, आर्चरी र ब्याडमिन्टनका अध्यक्षहरुले अहिलेसम्म अभ्यास सुरु नभएको प्रष्ट पारेका छन् ।

खबरहबले टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द वैध, आर्चरीका अध्यक्ष दीपक गुरुङ र ब्याडमिन्टनका अध्यक्ष रामजीबहादुर श्रेष्ठसँग कुरा गर्दा सदस्य सचिवको अभिव्यक्ति तथ्यहिन भएको पाइएको हो ।

दिपक गुरुङ, आर्चरी अध्यक्ष

हामीलाई खबरै भएको छैन । अहिले हाम्रो आफ्नै मैदान हुन्थ्यो भने यसअघि नै अभ्यास सुरु गराइसक्थ्यौं । तर, आफ्नो मैदान नहुँदा समस्या भयो । अहिले सशस्त्र र आर्मीको मैदान माग्दा लकडाउन खुल्न दिनुस् भन्छन् । अहिले मैले खेलाडीलाई मनोवैज्ञानिक रुपमा फिट रहन निर्देशन दिएको छु ।

चतुरानन्द वैध, अध्यक्ष टेबल टेनिस

अभ्यासमा छिट्टै सुरु गर्ने तयारी भइरहेको छ । यस्तो समयमा कसरी, कति जना खेलाडीलाई अभ्यासमा बोलाउने भन्ने कुनै मापदण्ड बनिसकेको छैन । त्यसैलाई कुरिरहेका छौं ।

टेबल टेनिसमा अहिले मुख्य प्रशिक्षक पनि छैनन् । टेनिसमा बल समात्नु पर्यो, ब्याट समात्नु पर्यो यस्ता कुराहरु सरकारी तहबाट स्पष्ट भए अभ्यास सुरु हुन्छ ।

रामजीबहादुर श्रेष्ठ, अध्यक्ष ब्याडमिन्टन संघ

अहिले अभ्यास सुरु भएको छैन ।

१ वर्षका लागि कोरियन प्रशिक्षक आउनु भएको छ । उहाँ आएको केही समयमै लकडाउन भएपछि राम्रोसँग अभ्यास गर्न पाएका छैनौं ।

कहिलेकाहीँ जुम एपमा कक्षा हुन्छ । कसरी फिट रहने भनेर प्रशिक्षकले सिकाउनु भएको छ । अब हामी आइतबार बाटै अभ्यास सुरु गर्ने तयारीमा छौं ।

लकडाउन भइसकेपछि पनि हामीले अभ्यास निरन्तर राखेका थियौं । तर, पछि कोरोनाको जोखिम बढ्न थाल्यो भने समस्या हुनसक्छ भन्दै संघले नै अभ्यास रोक्ने निर्णय गरेको हो । सदस्य सचिव ज्युले त्यतिबेला पनि सुरक्षित साथ अभ्यास गर्नुस् भन्नु भएको थियो ।

यस्तै, सदस्य सचिव सिलवालले मार्सलआर्ट तर्फ करातेमा काता र तेक्वान्दोको पुम्सेका खेलमा पनि अभ्यास सुरु भएको बताएका छन् । लकडाउनकै क्रममा काता र पुम्सेका केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनलाइन प्रतियोगिता भएका थिए । त्यसैलाई अभ्यासका रुपमा विश्लेषण गरेको हुनसक्ने एक प्रशिक्षकले बताए ।

‘खेलाडीहरुले आफ्नै तरिकाले अभ्यास गरिरहेका छन् । केही अनलाइन खेलमा सहभागी हुँदा सदस्यसचिवले त्यसैलाई अभ्यास भन्दै प्रचार गर्नुभएछ,’ ती प्रशिक्षकले भने ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ११ : ४८ बजे

संघीयताविरुद्ध षड्यन्त्र हुँदै छ : प्रचण्ड 

धनगढी– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै उस्तै

मोदीको असफल छिमेक नीति : ‘नेबरहुड फर्स्ट’ देखि ‘लस्ट’ सम्म

काठमाडौं– घटना सन् २०१४ मे २६ सोमबारको हो । भारतको

मखन-इन्द्रचोकको बाटो नबन्दा यात्रुलाई सास्ती (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको मखनदेखि इन्द्रचोक जाने बाटोमा पैदल यात्रुलाई हिँड्न समस्या

विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक

काठमाडौं– सन् २०२४ मा विश्व मानवअधिकारको अवस्था  चिन्ताजनक रहेको विश्व