नेपाली भूमि फिर्ता ल्याउन भारतसँग कुटनीतिक वार्ता गर्नुपर्छ : नेता कोइराला « Khabarhub

नेपाली भूमि फिर्ता ल्याउन भारतसँग कुटनीतिक वार्ता गर्नुपर्छ : नेता कोइराला


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली भूमि फिर्ता लिन भारतसँग कुटनीतिक वार्ता गर्नुपर्ने बताएका छन् ।

पार्टी नेतृ शैलजा आचार्यको ११ औँ स्मृति दिवसका अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा उनले लिपुुलेक, कालापानी तथा लिम्पियाधुुरा नेपालको भूमि भएकाले सरकारले भारतसँग वार्ताका माध्यमबाट समस्या समाधान गरी उक्त भूमि फिर्ता ल्याउनुपर्नेमा जोड दिए ।

भूभाग फिर्ता ल्याउने विषयमा अन्तर्राष्ट्रियकरण वा अन्तर्राष्ट्रिय अदालतमा जानुभन्दा वार्तावाटै समस्याको समाधान खोज्न सरकालाई उनले आग्रह गरे ।

मुलुकमा कोरोना भाइरसको महामारी फैलिएको अवस्थामा त्यसको नियन्त्रण र रोकथामका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै थ्रोट स्वाब (पीसीआर) परीक्षणको दायरा फराकिलो बनाउनुपर्नेमा उनले बताए ।

कृष्णप्रसाद कोइराला सेवा गुठीको आयोजनामा भएको कार्यक्रममा गुठीका अध्यक्ष मीता आचार्य, कोषाध्यक्ष मोहनलाल महतो तथा सञ्चारकर्मी अनन्तराज न्यौपानेले स्व आर्चायले सीमान्तकृत जनताको आर्थिक उन्नति र प्रजातन्त्र स्थापनाका लागि गर्नुभएको योगदानको चर्चा गरे ।

स्मृति दिवसका अवसरमा कोशी अस्पतालमा उपचारार्थ बिरामीलाई फलफूल वितरण गरिएको थियो ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ८ : ५५ बजे

जस्टिन ग्रिभ्सको ऐतिहासिक कीर्तिमान : लगातार ५ ओभरमा मेडन ५ विकेट

काठमाडौँ – वेस्ट इन्डिजका अलराउन्डर जस्टिन ग्रिभ्सले पाकिस्तानविरुद्ध जारी पहिलो

अमेरिका-इरान :आक्रमण रोकेर नेतान्याहु वासिङ्टन पुगे

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबीच ‘अत्यन्त

चिकित्सक संघबाट आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्दकाे घाेषणा

काठमाडौँ– नेपाल चिकित्सक संघले आज (मंगलबार) देशैभरका सरकारी, गैरसरकारी र

अमेरिका-इरान कूटनीतिक वार्ताको प्रयास, हर्मुजमा अझै खिचातानी

वासिङ्टन – अमेरिका र इरानबीच लगातार तेस्रो दिन पनि आक्रमण

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा– झापाको मेचीनगर नगरपालिका– ६ काँकरभिट्टास्थित अरुणोदय इङ्ग्लिस बोर्डिङ स्कुलको