फिफा वरियतामा नेपाल १७०औँ स्थानमा यथावत « Khabarhub

फिफा वरियतामा नेपाल १७०औँ स्थानमा यथावत


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) को नयाँ वरियतामा नेपाल यथावत रहेको छ ।

फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७०औँ स्थानमा रहेको हो ।

गत महिना पनि नेपाल १७०औँ स्थानमै रहेको थियो । नेपाल दक्षिण एशियाली राष्ट्रमा भने तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अगाडि भारत र माल्दिभ्स छन् । भारत १०८औँ स्थानमा रहेको छ भने माल्दिभ्स १५५ औँ स्थानमा छ ।

त्यसैगरी नेपालभन्दा तल भूटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेका छन् । भूटान १८९औँ स्थानमा रहदा बंगलादेश १८७ औँ, श्रीलङ्का २०६औँ तथा पाकिस्तान २००औँ स्थानमा रहेको छ ।

नयाँ वरियताको शीर्ष स्थानमा भने बेल्जियम रहेको छ । त्यसैगरी फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्यान्ड चौथो र उरुग्वे पाँचौँ स्थानमा छ । त्यस्तै क्रोएसिया छैटौँ, पोर्चुगल सातौँ, स्पेन आठौँ, अर्जेन्टिना नवौ र कोलम्बिया दशौँ स्थानमा रहेका छन् ।

पछिल्लो समय महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर फुटबलका गतिविधि ठप्प भएको कारण वरियतामा खासै परिवर्तन भएको छैन ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ७ : ४९ बजे

एसियन हाइवे : आठ किलोमिटर कालोपत्र पूरा

झापा– निर्माणाधीन ‘एसियन हाइवे’को काँकडभिट्टा–लौकही सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा आठ

युवा पुस्ताको सक्रियता कांग्रेसका लागि महत्वपूर्ण अवसर

महेन्द्रनगर– नेपाली कांग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नं–३ का

‘आबाट आमा’को व्यापारले पलको रिभाइभ

काठमाडौं – सामाजिक सञ्जालमा फिल्म बहिस्कारको ट्रेन्ड चलेपछि संकटमा परेका

विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ

काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक जना स्वीडिस