निन्द्रा लाग्दैन ? घर भित्रै अपनाउनुहोस् यस्ता उपाय | Khabarhub Khabarhub

निन्द्रा लाग्दैन ? घर भित्रै अपनाउनुहोस् यस्ता उपाय


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीरको स्वास्थ्य राम्रो राख्न गहिरो निन्द्रा आवश्यक हुन्छ । मानिसले न्युनतम ७ देखि ८ घण्टासम्म निदाउनु पर्दछ । यति समय नसुते भोलिपल्टको दैनिकी खराब हुनेमात्र होइन शरीर पनि अस्वस्थ हुन्छ ।

पर्याप्त निन्द्रालागेमा अर्को दिन शरीरमा एक किसिमको ऊर्जा उत्पन्न हुन्छ । तसर्थ पर्याप्त निन्द्रा नपुगेमा यसरी निन्द्रा लगाउन सकिन्छ

१. चिया, कफीको कम सेवन
यदि रातमा निन्द्रा नपरेमा वा निदाउन समस्या भएमा चिया वा कफी सेवनको लत त्याग्नु पर्दछ । अझ रातमा त चिया र कफी पिउनु हुदैन । बरु यसको सट्टा दुध पिउन सकिन्छ ।

२. जाइफलको सेवन
आयुर्वेदमा निन्द्रा नपरेमा एक गिलास दुधमा जाइफल मिसाएर पिउदाँ राम्रो निन्द्रा पर्ने बताइएको छ । जाइफलका अलावा दुधमा केसर मिसाएर पनि पिउन सकिन्छ ।

३. निदाउनु अघि मालिस
राति निदाउनु अघि खुट्टा, जिउ र शिरमा हल्का मालिस गरेमा पनि गहिरो निन्द्रा पर्दछ । यदि हड्डिर मांसपेशिको मालिस गर्ने भए तोरीको तेलले गरेमा राम्रो निन्द्रा पर्दछ ।

४. आर्युवेदको उपाय
आयुर्वेदमा गहिरो र राम्रो निन्द्राका लागी केहि जडिबुटिको सेवन गर्नुपर्ने बताइएको छ । अश्वगन्धा, तगाव र शंखपुष्पीको सेवनले शरीरमा आराम प्राप्त हुने र राम्रो निन्द्रा पर्ने बताइएको छ ।

५. मेथीको रस
अनिन्द्राको समस्याबाट राहत पाउन मेथीको रसको सेवन पनि अति उपयोगी मानिन्छ । यसकालागी मेथीको केहि पातको रस निकालेर त्यसमा मह मिसाएर दैनिक पिउनु पर्दछ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ७ : ३० बजे

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले

दिल्लीमा उच्च प्रदुषण, श्वासप्रश्वासमा नै असहज हुन थालेको स्थानीयको गुनासो

नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको

पूर्वसांसदका स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न सरकारको ताकेता

काठमाडौँ- अर्थमन्त्रालयले सांसदहरूको स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न निरन्तर

धादिङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा आज जिपको

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ – पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो