डोटीका पहिलो कोरोना सङ्क्रमित ‘डिस्चार्ज’ « Khabarhub

डोटीका पहिलो कोरोना सङ्क्रमित ‘डिस्चार्ज’


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- जिल्लाको पहिलो कोरोना सङ्क्रमित अस्पतालबाट डिस्चार्ज भइ घरफर्किएका छन् ।

भारतबाट फर्किएका जिल्लाको शिखर नगरपालिका वडा नं ३ का २५ वर्षीय युवक १५ दिन जिल्ला अस्पताल डोटीको आइसोलेशन वार्ड रही कोरोनालाई जितेर बिहीबार घर फर्किएको अस्पतालले जनाएको छ ।

अहिले ती युवकलाई कोरोनाको कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रमुख तथा निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा ज्योति पाण्डेले बताए ।

उनले भने, “सङ्क्रमित युवकलाई हामीले १५ दिन आइसोलेशन वार्डमा राखेका थियौँ । उहाँमा कोरोनाको थप कुनै लक्षण नदेखिएपछि ‘आइसोलेशन व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका’ अनुसार डिस्चार्ज गरेका छौँ ।”

सङ्क्रमित युवकलाई यही जेठ १९ गते कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो । त्यसअघि उनका छोरामा स्वास्थ्य समस्या देखिएपछि श्रीमती र छोरासहित जिल्ला अस्पताल डोटीको आइसोलेशनमा राखेर ‘थ्रोट स्वाब’ लिएर पीसीआर परीक्षण गरिएको थियो ।

दुवैको नतिजा नेगेटिभ देखिएको थियो । डोटीका थप पाँचजना अन्य सङ्क्रमित आइसोलेशनमा राखिएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  १२ : ०६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना