विपन्न विद्यार्थीलाई प्राथमिकतामा राख्न समितिको निर्देशन « Khabarhub

विपन्न विद्यार्थीलाई प्राथमिकतामा राख्न समितिको निर्देशन


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले अतिविपन्न परिवारका विद्यार्थीलाई प्राथमिकतामा राखेर उनीहरूको सिकाइको निरन्तरता सुनिश्चित गर्न तथा फरक क्षमताका विद्यार्थीका लागि विशेष व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयललाई निर्देशन दिएको छ ।

समितिले सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइको सम्बन्धमा प्रभावकारी र निरन्तर अनुगमनको व्यवस्था मिलाउन तथा सामुदायिक विद्यालयलाई सूचना प्रविधिको प्रयोग गर्न सक्ने बनाउन प्रविधि, पूर्वाधार र जनशक्तिलाई तालिमको व्यवस्था गर्न आर्थिक स्रोतको सुनिश्चितताका निम्ति आवश्यक व्यवस्था गर्न सुझाव दिएको छ ।

सामुदायिक विद्यालयहरुमा प्रविधिको दीर्घकालीन व्यवस्था, पठनपाठन सिकाइमा सामुदायिक र निजी विद्यालयबीच एकरुपता कायम गर्न सुझाउँदै बाल विकासमा कार्यरत शिक्षक र कर्मचारीलाई सरकारले निर्धारण गरेबमोजिमको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन मन्त्रालयलाई भनेको छ ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  २ : ०३ बजे

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका