माइतीघरमा सरकारविरूद्ध आन्दोलन गर्ने ७ विदेशीसहित १० जना पक्राउ | Khabarhub Khabarhub

माइतीघरमा सरकारविरूद्ध आन्दोलन गर्ने ७ विदेशीसहित १० जना पक्राउ


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारविरूद्ध आन्दोलनमा उत्रिएका १० जना पक्राउ परेका छन् । माइतीघर मण्डलामा आन्दोलन गरिरहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ७ विदेशी नागरिकसहित १० जना छन् । शनिबार बिहान काठमाडौँको माइतीघरबाट प्रहरीले ३ चिनियाँसहित ७ विदेशी र ३ नेपाली नागरिक गरी १० जनालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशीलकुमार यादवले जानकारी दिए।

उनीहरूका विषयमा अनुसन्धान भइरहेको पनि यादवले बताए । पक्राउ पर्नेमा चीनका दुई महिला र एक पुरुष, एक अमेरिकी महिला, एक क्यानाडियन महिला, एक अस्ट्रेलियन पुरुष र तीन जना नेपाली छन्।

सरकारले गरेको काम प्रभावकारी नभएको तथा अनेक विवादमा फसेको भन्दै युवाहरुले केही दिनयता देशैभर स्वतः स्फूर्त प्रदर्शन गरिरहेका छन्। सोही क्रममा आज माइतीघरमा प्रदर्शन गरिएको हो।

कोरोना परीक्षणमा सरकार असफल भएको दाबी गर्दै युवाहरुले पीसीआर परिक्षण बढाउन माग गरेका छन्।

मण्डलामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। तर प्रदर्शनकारीहरु स्वतःस्फूर्त रुपमा निस्किँदै सामाजिक दूरी कायम गर्न माग गर्दै प्ले कार्ड देखाइरहेका छन्। हस्तलिखित प्ले कार्ड मार्फत सरकारलाई युवाहरुले सचेत गराइरहेका छन्।

बिहीबार बालुवाटारमा प्रर्दशन गरेका युवाहरुले शुक्रवार बसन्तपुरमा प्रर्दशन गरेका थिए। आज उनीहरुको विरोध प्रर्दशनस्थलको रुपमा मण्डला रहेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  १२ : २६ बजे

धेरै कम्पनीको शेयर मूल्य घट्दा पनि बढ्यो नेप्से 

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्री ओपन सेसनमा १०

रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’ लगाइँदै

मन्थली– जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक

म्याग्दी र मुस्ताङमा बढ्यो पर्यटकीय चहलपहल

गलेश्वर– म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक तथा

तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट नेपाललाई फाइदा हुन्छ : मन्त्री भण्डारी (भिडियोसहित) 

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको स्वशासित क्षेत्र

इलाम–२ को अपडेट : फराकिलो अग्रतामा सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना