गण्डकी प्रदेशका ५ जना संक्रमित कोरोना जितेर घर फर्किए « Khabarhub

गण्डकी प्रदेशका ५ जना संक्रमित कोरोना जितेर घर फर्किए


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशका ५ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् ।

गण्डकी प्रदेशका ५ जना पुरुषहरु संक्रमणलाई जितेर घर फर्किएको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत पोखराका ६० वर्षीय पुरुष कारोना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई गतहप्ता पोखराको आलुमाइलाचोक स्थित रहेको डेरामा अचेत अवस्थामा फेला पारेपछि आफन्तहरुले हेलिकप्टर चार्टर गरेर काठमाडौंको ह्याम्स अस्पताल पुर्‍याइएको थियो ।

त्यसैगरी नवलपरासी जिल्ला (बर्दाघाट सुस्तापूर्व) को मध्यविन्दु अस्पतालको आइसोलेशन कक्षमा उपचाररत कावासोती नगरपालिका १२ का २६ वर्षीय युवा पनि घर फर्किएका छन् ।

त्यस्तै बागलुङ जिल्लाको धौलागिरी अस्पतालको आइसोलेशन कक्षमा उपचाररत तामाखोला गाउँपालिका ३ का २१ वर्षीय २ जना पुरुष र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कोरोनाको संक्रमण पुष्टी भएका सोहि अस्पतालको आइसोलेशन कक्षमा उपचाररत गोरखा जिल्ला आरुघाट गाउँपालिका २ का २५ वर्षीय युवा अस्पतालबाट डिस्चार्ज भएर घर फर्केको डा.शर्माले बताए ।

यो सँगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६ पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ८ : ५३ बजे

इरानसँगको वार्ताप्रति ट्रम्प असन्तुष्ट, सम्झौता नभए पुनः सैन्य आक्रमण गर्ने चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको सम्झौताका सर्तप्रति

वैभवको छक्का वर्षा : हैदरावादलाई हराउँदै राजस्थान आईपीएलको दोस्रो क्वालिफायरमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को इलिमिनेटरमा सनराइजर्स हैदरावादलाई ४७

बकर इद मनाइँदै : आज सार्वजनिक बिदा

काठमाडौँ – मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – २०८३ साल १३ गते बिहीबार अधिक जेठ शुक्ल