पञ्जावविरुद्ध मैदानमा सन्दीप, प्रदर्शन कस्तो रहला ? « Khabarhub

पञ्जावविरुद्ध मैदानमा सन्दीप, प्रदर्शन कस्तो रहला ?


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट किङ्स—११ पञ्जावविरुद्धको खेलमा मैदान उत्रिएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जावको घरेलु मैदान मोहाली रंगशालामा हुने खेलमा दिल्लीको प्लेइङ—११ मा आज पनि अटाउन सफल भए ।

यसअघि चेन्नईविरुद्ध मैदान उत्रिने मौका पाएका सन्दीपले दिल्लीका अन्य खेलाडीहरु भन्दा उत्कृष्ट बलिङ गर्दै सबैको मन जितेका थिए । उनले ४ ओभर बलिङ गरेर २९ रन खर्चदै १ विकेट लिएका थिए ।

यसअघि समान तीन—तीन खेल खेलेका दुवै टोलीले दुई खेलमा जीत र एक खेलमा हार ब्यहोरेका छन् । आजको खेलमा जीत निकाल्दै अंक तालिकामा आफ्नो स्तर सुधार्ने लक्ष्यमा रहेका छन् ।

टस जितेर दिल्लीले फिल्डिङ रोजेपछि पञ्जावले ब्याटिङको निम्तो पाएको छ ।

दिल्ली टिम

पृथ्वी श्वा, शिखर धवन, श्रयस अयर (कप्तान), कोलिन इनग्राम, रिसभ पन्त, हनुमान विहारी, क्रिस मोरिस, हर्षल पटेल, आभाष खान, सन्दीप लामिछाने, कागिसो रबाडा

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ७ : ४९ बजे

व्यावसायिक पशुपालन र तरकारीखेती गर्ने किसानलाई अनुदान

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ मा व्यावसायिक

दुर्लभ संयोग : १९ वर्षअघि मेसीले नुहाइदिएका यमल विश्वकप फाइनलमा मेसीसँगै भिड्दै !

काठमाडौँ – अर्जेन्टिना र स्पेनबिच हुन गइरहेको विश्वकप फुटबलको फाइनलअघि

निर्धारित समयअगावै रिखुवा खोलामा पक्की पुल निर्माण

इलाम– इलामको दक्षिणी क्षेत्र माई नगरपालिकादेखि पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिकाको

गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा– स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको

किन बन्यो फुटबलको महाकुम्भ विवादको केन्द्र ?

काठमाडौँ – सन् २०२६ को फिफा विश्वकपले समर्थकलाई रोमाञ्चक खेल,