कोपा इटालियाको उपाधिका लागि युभेन्टस र नापोली भिड्ने « Khabarhub

कोपा इटालियाको उपाधिका लागि युभेन्टस र नापोली भिड्ने


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोपा इटालियाको फाइनलमा युभेन्टस र नापोलीको भेट पक्का भएको छ ।

शनिबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा नापोली र इन्टर मिलानबीच बराबरी भए पनि समग्रमा २ -१ जीत निकाल्दै नेपोलीले फाइनलमा युभेन्टससँगको भेट पक्का गरेको हो ।

पहिलो लेगमा नापोली १–० ले विजयी भएको थियो । खेलभर नै घरेलु टोलीलाई दवावमा राखे पनि नापोलीले बलियो रक्षापङ्ति तोड्न असमर्थ बन्दा इन्टर मिलान सेमिफाइनलबाटै बाहिरिन बाध्य बन्यो ।

खेलको दोस्रो मिनेटमा नै क्रिस्टियन इरिक्सनको गोलबाट इन्टर मिलानले अग्रता बनाएको थियो तर ४१औं मिनेटमा ड्रिएस मेर्टिन्सले लारेन्जो इन्सिग्नेको पासमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

त्यसपछि खेलमा दुबैतर्फबाट कुनै पनि गोल हुन सकेन र समग्रमा नापोलीले मिलानलाई  हराउँदै फाइनल यात्रा तय गरेको हो । नापोली र युभेन्टसको उपाधि भिडन्त बुधबार हुनेछ ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ८ : १५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने