काठमाडौं- सरकारले निजी प्रयोगशालालाई पनि कोरोनाको पीसीआर परीक्षणका लागि स्वीकृति दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक प्रक्रिया पूरा गरेका निजी प्रयोगशालाले पीसीआर परीक्षण गर्न पाउने बताएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले संकलन गरेको नमूना मात्रै निजीले परीक्षण गर्ने बताउँदै यसका लागि लाग्ने खर्च मन्त्रालयले व्यवस्था गर्ने बताएका हुन्।
यसैगरी मन्त्रालयले विदेश जानुपर्ने र भिषा प्रक्रियाका लागि निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्ने व्यक्तिहरूका लागि काठमाडौंका तीन वटा अस्पतालमा कोरोना परीक्षणको व्यवस्था गरेको छ ।
प्रवक्ता गौतमले नियमित लाइभ अपडेट मार्फत विदेश जानुपर्ने व्यक्तिहरुका लागि काठमाडौंका तीनवटा अस्पतालहरुमा कोरोना परीक्षण गर्ने व्यवस्था गरिएको जानकारी दिएका हुन् ।
उनका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालमा विदेश जानुपर्ने व्यक्तिहरुका लागि परीक्षणको व्यवस्था गरिएको हो ।
प्रवक्ता डाक्टर गौतमले यात्रामा निस्कने सबै व्यक्तिमा कोरोना परीक्षण गर्नु नपर्ने पनि बताएका छन् ।
प्रतिक्रिया