कुवेतबाट फर्किएकी महिलामा कोरोना संक्रमण पुष्टि « Khabarhub

कुवेतबाट फर्किएकी महिलामा कोरोना संक्रमण पुष्टि


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुवेतबाट फर्किएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी गत जेठ २९ गते नेपाल आएकी थिइन् ।

उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको टेकु अस्पतालकै आईसीयूमा उपचाररत रहेको पाइएको छ ।

अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले दुई जना कोरोना संक्रमित आईसीयूमा उपचाररत रहेको जानकारी दिए । डा राजभण्डारीका अनुसार कुवेतबाट जेठ २९ गते नेपाल फर्किएकी एक महिला र भारतबाट नेपाल फर्केका अर्का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको र उनीहरुको आईसीयूमा उपचाररत भइरहेको छ ।

कुवेतबाट जेठ २९ गते नेपाल फर्केकी महिलामा स्वास्थ्य समस्या भएपछि उनलाई सोही दिन शुक्रराज अस्पतालमा भर्ना गरिएको थियो ।

उनको हिजो कोरनाको रिपोर्ट पोजेटिभ आएको हो । यस्तै भारतबाट नेपाल फर्किएका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको र आजै शुक्रराज अस्पतालमा आईसीयूमा भर्ना गरेको डाक्टर राजभण्डारीले बताए ।

डाक्टर राजभण्डारीका अनुसार दुवै जनाको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भइरहेको छ ।

शुक्रराज अस्पतालमा आज सात जना कोरोना संक्रमित रहेकोमा अन्य पाँचजना भने आइसोलेसनमा उपचाररत छन् ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ८ : २९ बजे

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

रास्वपा परित्याग गरेकी शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

कोलम्बो – श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य