मनसुनी वायुको प्रभावले भारी वर्षा हुने « Khabarhub

मनसुनी वायुको प्रभावले भारी वर्षा हुने


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज पनि मुलुकका अधिकांश स्थानमा भारी वर्षा हुने भएको छ ।

अहिले कैलाली, बर्दीया, सुर्खेत जिल्ला आसपासको क्षेत्रकासाथै गण्डकी प्रदेश र प्रदेश १ का केही स्थानहरूमा  वर्षा भईरहेकोमा दिउँसोसम्म मुलुकका अधिकांश प्रदेशमा भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली  रहनेछ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

दिउँसो र राति बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।

पूर्वी क्षेत्रमा सक्रिय मनसुनी वायु र पश्चिमी भू-भागको पश्चिमी वायुको प्रभावले अब केही दिन वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ६ : ५७ बजे

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको