मनसुनी वायुको प्रभावले भारी वर्षा हुने « Khabarhub

मनसुनी वायुको प्रभावले भारी वर्षा हुने


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज पनि मुलुकका अधिकांश स्थानमा भारी वर्षा हुने भएको छ ।

अहिले कैलाली, बर्दीया, सुर्खेत जिल्ला आसपासको क्षेत्रकासाथै गण्डकी प्रदेश र प्रदेश १ का केही स्थानहरूमा  वर्षा भईरहेकोमा दिउँसोसम्म मुलुकका अधिकांश प्रदेशमा भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली  रहनेछ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

दिउँसो र राति बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।

पूर्वी क्षेत्रमा सक्रिय मनसुनी वायु र पश्चिमी भू-भागको पश्चिमी वायुको प्रभावले अब केही दिन वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ६ : ५७ बजे

कांग्रेस नेता-कार्यकर्तालाई देउवाको अपिल : गगनहरूले बोलाएको महाधिवेशनमा भाग नलिनू

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापति संस्थापन पक्षको महाधिवेशनमा

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध

हुम्ला– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको

गुठी विधेयक चाँडै ल्याइने छ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

सरुवा भएका निजामती कर्मचारीलाई अनिवार्य रमाना दिन निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

मकवानपुरमा यात्रुवाहक ईभी गाडी दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा मंगलबार दिउँसो यात्रुवाहक विद्युतीय गाडी