पञ्जावविरुद्ध सन्दीपले लिए विकेट « Khabarhub

पञ्जावविरुद्ध सन्दीपले लिए विकेट


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेपाली लेग स्पिनर सन्दीप लामिछानेले किङ्स—११ पञ्जावविरुद्ध आफ्नो पहिलो ओरमा एक विकेट लिएका छन् । खेलको चौथो ओभरमा बलिङको अवसर पाएका सन्दीपले पञ्जावका साम कुरानलाई एलबिडब्लु धराप पारे । उनले १० रन खर्चिएर १ विकेल लिन सफल भएका हुन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट किङ्स—११ पञ्जावविरुद्धको खेलमा मैदान उत्रिएका हुन् । अनुभवी स्पिनर अमित मिश्रालाई मैदान बाहिर राखेर दिल्लीले स्पिनरको जिम्मेवारी सन्दीपलाई दिएको छ ।

यसअघि चेन्नईविरुद्ध मैदान उत्रिने मौका पाएका सन्दीपले दिल्लीका अन्य खेलाडीहरु भन्दा उत्कृष्ट बलिङ गर्दै सबैको मन जितेका थिए । उनले ४ ओभर बलिङ गरेर २९ रन खर्चदै १ विकेट लिएका थिए ।

यसअघि समान तीन—तीन खेल खेलेका दुवै टोलीले दुई खेलमा जीत र एक खेलमा हार ब्यहोरेका छन् । आजको खेलमा जीत निकाल्दै अंक तालिकामा आफ्नो स्तर सुधार्ने लक्ष्यमा रहेका छन् ।

दिल्ली टिम

पृथ्वी श्वा, शिखर धवन, श्रयस अयर (कप्तान), कोलिन इनग्राम, रिसभ पन्त, हनुमान विहारी, क्रिस मोरिस, हर्षल पटेल, अमित मिश्रा—अक्जर पटेल, सन्दीप लामिछाने, कागिसो रबाडा

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ८ : ३८ बजे

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको