वुहानका २६ वर्षीय युवकको तौल बढेर २८० किलो पुग्यो, चिकित्सक आश्चर्यचकित ! « Khabarhub

वुहानका २६ वर्षीय युवकको तौल बढेर २८० किलो पुग्यो, चिकित्सक आश्चर्यचकित !


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनको वुहानका एक २६ वर्षीय युवकको तौल अस्वभाविक तवरले बढेको देखेर चिकित्सकहरु नै आश्चर्यचकित बनेका छन् ।

वुहानमा कोरोना भाइरसको संक्रमण देखिएपछि लागू गरिएको लकडाउनको समयमा ती युवकको तौल अस्वभाविक तवरले बढेको जनाइएको छ ।

लकडाउनको अवधिमै ती युवकको तौल १ सय किलो बढेको समाचारमा जनाइएको छ । ती व्यक्ति वुहानका सबैभन्दा धेरै तौल भएका व्यक्ती समेत बनेका छन् ।

डेलीमेलका अनुसार ती युवकको नाम झोङ हो । उनी ५ महिनादेखि घरमै थिए । आश्चर्यजनक तरिकाले उनको तौल बढ्यो र उनी बिरामी परे । बिरामी सँगै अस्वभाविक तवरले उनको तौल बढेपछि उनलाई अस्पताल भर्ना गरिएणको छ ।

चिकित्सकले पाँच महिनामा ती युवकको तौल १ सय किलो बढेको बताएका छन् । अब उनको तौल २ सय ८० किलो पुगेको छ । उनी अहिले वुहान विश्वविद्यालयको झोङनान् अस्पतालमा भर्ना भएका छन् । चिकित्सले तौल बढ्नुको कारणबारे अनुसन्धान जारी राखेका छन् ।

सन् २०१९ को अन्तिमसम्म उनको शरीरको तौल जम्मा १ सय ७७ थियो । लकडाउनपछि उनको तौल अचानक बढेको हो ।

चिकित्सकले तौल कम गर्नका लागि अन्तिम विकल्पकोरुपमा शल्यक्रिया गर्ने निर्णय गरेका छन् ।

 

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ९ : ५२ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार