वैकल्पिक सिकाइ प्रक्रियाबाट अधिकतम लाभ लिन विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह « Khabarhub

वैकल्पिक सिकाइ प्रक्रियाबाट अधिकतम लाभ लिन विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सिकाइ प्रविधिबाट अधिकतम लाभ लिन आग्रह गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजबाट देशैभर शुरु गरेको विद्याहरुको वैकल्पिक सिकाई प्रविधिको शुभारम्भका अवसरका प्रधानमन्त्रीले शुभकामना दिँदै सिकाइ प्रभावकारी बनाउन आग्रह गरे ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले लामो समय विद्यालय बन्द हुँदा बालवालिकाको सिकाइमा थप क्षति नहोस् र पढाइले निरन्तरता पाओस् भन्ने उद्येश्यले वैकल्पिक सिकाइ प्रक्रियाको सुरुवात गरिएको बताए ।

प्रधानमन्त्रीले यो अवसरका अधिकतम लाभ लिन पनि सबै विद्यार्थीहरुलाई आग्रह गरे । महामारीको समाप्तीसँगै शैक्षिक प्रणालीमा परिवर्तन आउनेपनि प्रधानमन्त्रीले बताए ।

कोभिड-१९ को संक्रमण र त्यसको नियन्त्रण र रोकथामका लागि घोषणा गरिएको लकडाउनका कारण गत चैत्र ११ गतेदेखि विद्यालयहरु बन्द भएपछि विद्यालयतहमा अध्ययनरत ७० लाख बालबालिकाहरु घरमै छन् ।

उनीहरुलाई लक्षित गरी शिक्षा मन्त्रालयले सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट पढाइ शुरु गरेको हो । घरलाई नै शिक्षालयको रुपमा विकास गर्ने उद्देश्यले टेलिभिजन, रेडियो, अनलाइनलगायत डिजिटल प्रविधिको प्रयोग गरेर पठन-पाठन गराउन लागिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ११ : ३५ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार