वैकल्पिक सिकाइ प्रक्रियाबाट अधिकतम लाभ लिन विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह « Khabarhub

वैकल्पिक सिकाइ प्रक्रियाबाट अधिकतम लाभ लिन विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सिकाइ प्रविधिबाट अधिकतम लाभ लिन आग्रह गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजबाट देशैभर शुरु गरेको विद्याहरुको वैकल्पिक सिकाई प्रविधिको शुभारम्भका अवसरका प्रधानमन्त्रीले शुभकामना दिँदै सिकाइ प्रभावकारी बनाउन आग्रह गरे ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले लामो समय विद्यालय बन्द हुँदा बालवालिकाको सिकाइमा थप क्षति नहोस् र पढाइले निरन्तरता पाओस् भन्ने उद्येश्यले वैकल्पिक सिकाइ प्रक्रियाको सुरुवात गरिएको बताए ।

प्रधानमन्त्रीले यो अवसरका अधिकतम लाभ लिन पनि सबै विद्यार्थीहरुलाई आग्रह गरे । महामारीको समाप्तीसँगै शैक्षिक प्रणालीमा परिवर्तन आउनेपनि प्रधानमन्त्रीले बताए ।

कोभिड-१९ को संक्रमण र त्यसको नियन्त्रण र रोकथामका लागि घोषणा गरिएको लकडाउनका कारण गत चैत्र ११ गतेदेखि विद्यालयहरु बन्द भएपछि विद्यालयतहमा अध्ययनरत ७० लाख बालबालिकाहरु घरमै छन् ।

उनीहरुलाई लक्षित गरी शिक्षा मन्त्रालयले सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट पढाइ शुरु गरेको हो । घरलाई नै शिक्षालयको रुपमा विकास गर्ने उद्देश्यले टेलिभिजन, रेडियो, अनलाइनलगायत डिजिटल प्रविधिको प्रयोग गरेर पठन-पाठन गराउन लागिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ११ : ३५ बजे

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा बढी

पार्टी भित्रको मतभेद अन्त्य गर्दै ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा (तस्बिरहरू)

काठमाडौं–  नेपाली कांग्रेसका नेताहरूले पार्टीभित्र बढ्दो मतभेद अन्त्य गर्दै संगठनलाई

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा– पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा विमान

गोठाटारमा आगलागी : १४ वटा पसल जले, एक जना घाइते

काठमाडौं– काठमाडौको गोकर्णेश्वर नगरपालिका वडा–५, गोठाटार पहेँलो पुल नजिकै गएराति

 २४ घण्टामा विपद्का घटना : एक जनाको मृत्यु, २० घाइते

काठमाडौं– मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको