प्रहरी हिरासतमा मान्छे मारेको आरोपमा मुसहर समुदायद्वारा सप्तरीमा प्रदर्शन « Khabarhub

प्रहरी हिरासतमा मान्छे मारेको आरोपमा मुसहर समुदायद्वारा सप्तरीमा प्रदर्शन


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- धनुषाको सबैलामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका एक व्यक्तिको प्रहरीले हत्या गरेको आरोपमा सोमबार सप्तरीको सदरमुकाम राजविराजमा प्रदर्शन भएको छ ।

नेपाल राष्ट्रिय मुसहर संघ सप्तरीको अुगवाईमा घटनाको सत्यतथ्य छानबिन र दोषिमाथी कारवाहीको माँग गर्दै प्रर्शन गरिएको हो ।

धनुषाको सबैला नगरपालिकास्थित इलाका प्रहरी कार्यालयमा अनुसन्धानका क्रममा गत जेठ १४ गते नियन्त्रणमा लिइएका शम्भु सदा जेठ २८ गते हिरासत कक्षकै शौचालयभित्र झुण्डिएको अवस्थामा फेला परेका थिए ।

प्रहरीले सदाले आत्महत्या गरेको दाबी गरिरहँदा मृतकका आफन्त तथा स्थानीयले भने सदाको हत्या नै भएको दाबी गर्दै आएका छन् ।

दोषिमाथी कारवाहीको माग गर्दै प्रदर्शनकारीले बजार क्षेत्र परिक्रमा गरेका थिए । प्रहरी हिरासतमा मान्छे मार्न पाइदैन्, प्रहरी दमन बन्द गर, शम्भु सदालाई न्याय दे लगायतका प्लेकार्ड सहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

प्रदर्शनमा नेपाल राष्ट्रिय मुसहर संघका जिल्ला संयोजक राजेश्वर सदा, केन्द्रीय सदस्य गंगा सदा, सलिता सदाय, बद्री सदायलगायत स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । उनीहरुल सत्यतथ्य छानबिन गरि दोषीमाथी कारवाही नगरिए आन्दोलन चर्काउने चेतवानी समेत दिएका छन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ५ : २९ बजे

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक

पहिरोका कारण म्याग्दीका १९ घरमा क्षति

म्याग्दी । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दीको जनजीवन

त्रिशुलीको कटानले जोखिममा रागिनास

काठमाडौँ । त्रिशुली बाढीको कटानले गोरखाका दुई घर उच्च जोखिममा

एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने

बेइजिङ, १० असोज (रासस/एएफपी)। चीनले अमेरिकाले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) लाई

अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नतिका लागि नेपालले माग्यो थप समय

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुग्दा प्रधानमन्त्री