गण्डकी प्रदेशले ल्यायो ३४ अर्ब ८४ करोडको बजेट (पूर्ण पाठसहित) « Khabarhub

गण्डकी प्रदेशले ल्यायो ३४ अर्ब ८४ करोडको बजेट (पूर्ण पाठसहित)


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार रुपैयाँको बजेट अर्थमनत्री गुरुङले प्रस्तुत गरे । वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ प्रस्ताव गरिएको छ ।

कुल बजेटमा चालुतर्फ ४१.२ प्रतिशत, पुँन्जीगत ५७.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १.४ प्रतिशत छ ।

आगामी आर्थिक वर्षको बजेटमा खर्च ब्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ११ करोड २६ लाख, ससर्त अनुदान ४ अर्ब ८४ लाख, समपूरनक अनुदान १ अर्ब ४९ करोड ६९ लाख, विशेष अनुदान ५४ करोड, राजस्व बाँडफाँडबाट प्राप्त हुने ७ अर्ब ५७ करोड ३७ लाख, रोयल्टीमार्फत ३० करोड, आन्तरिक राजस्वबाट प्राप्त हुने ४ अर्ब ६० करोड ८५ लाख रुपैयाँ अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षमा गण्डकीले ३२ अर्ब १३ करोडको बजेट ल्याएको थियो ।

बजेटको पूर्ण पाठ

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ६ : ११ बजे

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं – शुक्रबार नेकपा (एमाले)को सचिवालय बैठक बस्दै छ ।

ग्यास्ट्रिक भनेर नझुक्किनुस्, त्यो हृदयाघात पनि हुन सक्छ  

काठमाडौं– के तपाईंलाई छाती डम्म हुने वा पोल्ने समस्या छ

सशस्त्र प्रहरीद्वारा ठोरीबाट ९१ केजी गाँजा बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले पर्साको ठोरी गाउँपालिकाबाट अवैध

सञ्चारमन्त्री खरेलको पहलमा पत्रकार सुरेश रजक सहिद घोषणा

काठमाडौं– विसं २०८१ चैत १५ गते चन्द्रागिरिस्थित निवासमा पाँचारे भोजका

एनपीएल फाइनल भिडन्त भोलि : आम्नेसाम्ने हुँदै राष्ट्रिय टिमका कप्तान र उपकप्तान

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को फाइनल