यूएई – नेपाल उडानमा पाँच सय डलर लिने एयर अरेबियाको प्रस्ताव अस्वीकार « Khabarhub

यूएई – नेपाल उडानमा पाँच सय डलर लिने एयर अरेबियाको प्रस्ताव अस्वीकार


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यूएई – काठमाडौं पाँच सय डलरमा उडान गर्ने एयर अरेबियाको प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले अस्वीकार गरेको छ ।

मन्त्री योगेश भट्टराईले उक्त प्रस्ताव नेपाल एयरलाइन्सको भन्दा महङ्गो भएको उल्लेख गर्दै अस्वीकार गरिदिएका हुन्।

नेपाल एयरलाइन्सले दुबईबाट काठमाडौं प्रति डलर ३ सय ६० डलरमा गर्दैछ।

यसअघि जुन ५ तारिखमा एयर अरेबियाले १५८ यात्रु र एक नाबालकलाई ५ सय भाडा लिएर काठमाडौं ल्याएको थियो। नेपाल एयरलाईन्सले सामाजिक उत्तरदायित्व निर्वाह गदै सस्तोमा पनि उडान भर्न तयार रहेको जनाउँदै आएको छ ।

मन्त्री भट्टराईले नेपाल एयलाईन्सको भन्दा सस्तोमा जुन सुकै एयरले पनि नेपालीहरुलाई उद्धार गर्न सक्ने तर त्यो भन्दा बढी रकममा सम्झौता गर्न नसकिने जनाएका छन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ८ : २६ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा