चीनमा फेरि कोरोनाको महामारी फैलने खतरापछि बेइजिङमा कडाई, विद्यालय र मनोरञ्जनस्थल बन्द « Khabarhub

चीनमा फेरि कोरोनाको महामारी फैलने खतरापछि बेइजिङमा कडाई, विद्यालय र मनोरञ्जनस्थल बन्द


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा फेरि कोरोना भाइरस संक्रमण फैलने खतरा भएपछि राजधानी बेइजिङमा कडाइ गरिएको छ ।

बेइजिङका धेरैजसो जिल्लाका विद्यालय, खेलकुद स्थल तथा मनोरञ्जन स्थलहरु बन्द गरिएको छ ।

वुहानमा देखिएको महामारी नियन्त्रणमा आएको घोषणापछि आवश्यक सावधानी अपनाएर आममानिसको जनजीवन सहज बनाइए पनि फेरि संक्रमण देखिएपछि बेइजिङवासीलाई कोरोना परीक्षण गराउन आह्वान गरिएको छ ।

ग्लोबल टाइम्सका अनुसार राजधानी बेइजिङ प्रवेशमा कडिकडाउ गर्न थालिएको छ । कोरोना संक्रमणको दोस्रो लहर बेइजिङको सबैभन्दा ठूलो होलसेल मार्केटबाट सुरु भएको थियो ।

सिन्फाडी भनिने मार्केटमा ७९ जना संक्रमित फेला परेपछि उक्त मार्केटका ब्यवस्थापक बर्खास्त भएका छन् । उक्त होलसेल मार्केटमा मात्रै १० हजार जना कार्यरत रहेको बताइन्छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ६ : ५२ बजे

ट्रम्पले गरे विमानस्थल पुगेर चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत : २१ तोपको सलामी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज ८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६