आईसीसी टी–२० विश्वकपसम्म हक्ले क्रिकेट अस्ट्रेलियाको सिईओ नियुक्त « Khabarhub

आईसीसी टी–२० विश्वकपसम्म हक्ले क्रिकेट अस्ट्रेलियाको सिईओ नियुक्त


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – क्रिकेट अस्ट्रेलिया (सीए) बोर्डले आईसीसी टी–२० विश्वकपसम्म अन्तरिम कार्यकारी निर्देशक (सिईओ) मा निक हक्लेलाई नियुक्त गरेको छ ।

मंगलबार क्रिकेट अस्ट्रेलियाको बोर्ड बैठकले हक्लेलाई अन्तरिम सिईओ नियुक्त गरेको हो । क्रिकेट अस्ट्रेलियाले केभिन रोबर्टसले सिईओबाट राजीनामा दिएपछि नयाँ सिईओका रुपमा हक्लेलाई नियुक्त गरिएको बताएको छ ।

विज्ञप्तिमार्फत् अध्यक्ष अर्ल एडिङले क्रिकेट अस्ट्रेलिया कोरोना भाइरस (कोभिड १९) को महामारीपछिको क्रिकेटलाई अगाडि बढाउन सक्ने क्षमताको सिईओ विश्वभरबाट खोजिरहेको बताएका छन् ।

‘क्रिकेट अस्ट्रेलिया राम्रो एक कुशल नेतृत्वको खोजिमा छ । जसले खेलकुदको भविष्यबारे राम्रो सोच्ने होस्, खेलाडी र सबै कर्मचारी, स्टेट एसोसियसन, प्रायोजक र समर्थकलाई समेटेर लैजान सक्ने होस्,’ अध्यक्षले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हक्लेसँग १३ वर्षको महत्वपूर्ण प्रतियोगितामा काम गरेको अनुभव रहेको छ । उनी आईसीसी टि–२० विश्वकपसम्म नियुक्त भएका छन् ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  १० : २३ बजे

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही– राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार