गण्डकी प्रदेशमा ९० वर्षका वृद्धसहित तीन जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

गण्डकी प्रदेशमा ९० वर्षका वृद्धसहित तीन जनामा कोरोना संक्रमण पुष्टि

भेरी अस्पतालको प्रयोगशालामा थप १० जनामा संक्रमण पुष्टि


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले एक विज्ञप्तिमार्फत गण्डकी प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

नयाँ थपिएका संक्रमित कास्कीको पोखरा महानगरपालिका पश्चिमाञ्चाल सामुदायिक अस्पताल, पोखरामा उपचार रहेका ९० वर्षका एक पुरुष, तनहुँको शुक्लागण्डकी नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका १२ वर्षका बालक र ४६ का एकजना पुरुषसहित ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार तनहुँका २ जनालाई शुक्लागण्डकी नगरपालिकामा रहेको जीपी. कोइराला श्वासप्रश्वास केन्द्रको आईसोलेसन कक्षमा ल्याउने तयारी भैरहेको छ ।

यस्तै पोखरामा संक्रमण पुष्टि भएका ९० वर्षका वृद्ध पुरुषलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ‌ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२६ पुगेको छ |

भेरी अस्पताल नेपालगन्ज को प्रयोगशालामा पनि थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालले एक विज्ञप्तिमार्फत थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । नयाँ थपेका सङ्क्रमितहरू बर्दियाका ९ जना पुरुष र बाँकेका एक जना पुरुष रहेका छन् । नयाँ थपेका सङ्क्रमितहरू १८ देखि ३६ वर्ष उमेर समूहका हुन् ।

No photo description available.

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  १ : ०९ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा