कहालीलाग्दो त्यो एक मिनेट, मौसमविद् नै अन्योलमा « Khabarhub

कहालीलाग्दो त्यो एक मिनेट, मौसमविद् नै अन्योलमा


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बाराको फेटा गाउँपालिका १ भलुई भरवलियाका शिवजी राउत जयसवालले आइतबार परिवारसँग रमाउँदै खाना खाए । त्यसपछि उनले परिवारका सदस्यलाई सुत्न पठाए । र आफू पनि सुत्ने तरखरमा लागे । तर छिनमै उनको अगाडि यस्तो विपत आइलाग्यो, जसले एकछिनअघिको खुसीलाई एक मिनेट मै शोकमा बदलिदियो ।

सामान्य वर्षा र हावाले भयानक रुप लिँदा सुत्ने तरखरमा रहेका जयसवाल परिवार घरबिहीन हुन पुग्यो । त्यतिमात्र होइन भूमरीसहितको हुरीले घर भत्काउँदा उनकी भाउजु मनरमा देवी जयसवालको तत्काल निधन भयो । परिवारका अन्य सदस्यको ज्यान जोगिए पनि त्यो क्षण आफ्ना लागि कहालीलाग्दो बनेको उनले बताएको अन्नपूर्ण पोस्टमा खबर छ । फेटा गाउँपालिका ७ पुरैनियाकी अढाई वर्षीया कुसिया खातुन खाना खाँदै गर्दा हुरीले लडाएको भित्तोले च्याप्यो । उनकी आमाले तीन छोरी मनि, साहिल र रेसलाई घरबाट निकाल्न सकेपनि कुसियालाई बचाउन सकिएन । यस्तो घटनामा प्रत्येक घरमा घटेको छ । जुन अवस्था सुन्दा जो कोहीको मन नै सिरिङ हुन्छ ।

मौसमविद् नै अन्योलमा शीर्षकको अर्को समाचारमा यति धेरै क्षति हुने गरी आएको हावाहुरी बारे मौसम विभाग र त्यहाँ कार्यरत मौसमविद् नै अन्योलमा परेका छन् । उनीहरुले प्राविधिक रुपमा यत्रो विपत निम्तने अनुमान नै गर्न नसकेको बताएका छन् ।

छामेर भेटेँ छोरी शीर्षकमा समाचार पत्रिकाले छापेको छ । पर्सा जगरनाथपुरमा हावाहुरी आउनुअघि खुसीसाथ बसेको परिवार एकाएक पीडामा प¥यो । हुरीले घर भत्कायो र त्यही भत्केको घरमा च्याप्पिइन ५ वर्षकी समिना खातुन । उनका दिदीबहिनीभने बुबाआमासँगै घरबाट बाहिर निस्कन सके । बाटोमा पुगेपछि हेर्दा कान्छि छोरी नदेखेपछि बुबा मन्सुरी मिया फेरि फर्किए । अध्यारो रातमा छोरीको आवाज सुनेका उनले छामेर नै छोरीलाई भेट्टाए । घरको छानाले किचेको अवस्थाकी छोरीलाई लिएर उनी बाहिर निस्किए ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ७ : १५ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच