भैरहवामा २६ कोरोना संक्रमित निको भएर घर फिर्ता « Khabarhub

भैरहवामा २६ कोरोना संक्रमित निको भएर घर फिर्ता


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- भैरहवाको भीम अस्पतालबाट २६ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् ।

गत जेठ १९ र २० गते अस्पतालको आइसोलेशन सेण्टरमा भर्ना भएका कपिलवस्तुका १४, रुपन्देहीका दश र नवलपरसीका दुई सङ्क्रमित निको भई आज घर फर्किएको भीम अस्पतालका प्रवक्ता गोपाल उपाध्यायले जानकारी दिए ।

अस्पतालमा एक गर्भवतीसहित दुई सङ्क्रमित उपचाररत छन् ।

प्रवक्ता उपाध्यायका अनुसार डिस्चार्ज हुनेमा रुपन्देहीको सैनामैना नगरपालिकाका १९ वर्षीया महिला तथा ४१ र ४३ वर्षीय पुरुष, कोटहीमाई गाउँपालिकाका ७० वर्षीया महिला र ४२ वर्षीय पुरुष तथा मायादेवी गाउँपालिकाका १५, ३६, ५१, २० र ४५ वर्षीय पुरुष छन् ।

त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकाका ३३, ४१ वर्षीया महिला, बुद्धभूमि नगरपालिकाका १९, २२, २४, २६, २७, २८, २८, ३२, ३५, ३८ र ४७ वर्षीय पुरुष, शिवराज नगरपालिकाकी २४ वर्षीया महिला तथा नवलपरासीको रामग्राम नगरपालिकाका २२ र सरावल गाउँपालिकाका २६ वर्षीय पुरुष छन् । यसअघि २५ सङ्क्रमित कोरोना जितेर घर फर्किएका थिए ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ७ : ३७ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर