मातृ प्रजनन् स्वास्थ्य सम्बन्धी रिटमा सरकारसँग लिखित कारण माग « Khabarhub

मातृ प्रजनन् स्वास्थ्य सम्बन्धी रिटमा सरकारसँग लिखित कारण माग


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रत्येक स्थानीय तहलाई मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा प्रयोजनका लागि अनुदान रकमको मागसहित दायर भएको रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित कारण माग गरेको छ।

सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले लिखित कारण माग गर्दै विषय वस्तुको प्रकृतिबाट चाँडो किनारा लगाउन आवस्यक देखिएको भन्दै रिटलाई अग्राधिकारसमेत दिएको छ। अग्राधिकार दिएको रिटलाई मुद्दा सुनुवाईका क्रममा प्राथमिकताक्रममा राखिन्छ।

महिला कानुन तथा विकास मञ्चको तर्फबाट अधिवक्ताहरु सविन श्रेष्ठ, नविन कुमार श्रेष्ठ, पूर्णा श्रेष्ठ, सोनाली रेग्मी, रोशना श्रेष्ठ र दीपेश श्रेष्ठले संयुक्त रुपमा रिट दायर गरेका थिए।

संविधानद्वारा सुनिश्चित मौलिक हक तथा नेपालद्वारा अनुमोदित अन्तर्राष्ट्रिय महासन्धी तथा प्रतिज्ञा पत्रद्वारा सुनिश्चित गरिएको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यको हकलाई कार्यान्वयन गर्न संसदबाट सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ पारित भए पनि कार्यन्वयनको लागि अझै नियमावली बनेको छैन।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार नियमावली निर्माण गर्न, ऐन बमोजिम प्रजनन स्वास्थ्य समन्वय समिति तत्काल गठन गर्न, किशोरी तथा अपाङ्गमैत्री सेवा सम्बन्धी निर्देशिका बनाउन रिटमा परमादेशको मागसमेत गरिएको छ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ११ : १७ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको