कोरोना संक्रमित बढेपछि ४ जिल्लामा लकडाउन थप कडा पारिँदै « Khabarhub

कोरोना संक्रमित बढेपछि ४ जिल्लामा लकडाउन थप कडा पारिँदै


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना संक्रमित बढेपछि ४ जिल्लामा लकडाउन कडा पारिएको छ । लकडाउन खुकुलो बनाएको सरकारले ४ जिल्लालाई कोरोना ‘हटस्पट’ जिल्ला घोषित गर्दै जोखिम कम नभएसम्म लकडाउनलाई कडाइका साथ लागू गर्ने निणर्य गरेको हो ।

कोरोना संक्रमणको उच्च जोखिममा रहेका सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखलाई ‘हटस्पट’को सूचीमा राखेर तत्काल अत्यावश्यक बाहेक कुनैपनि कामकारबाही सुचारु नगर्न गृह मन्त्रालयले निर्देशन दिएको हो ।

यी ४ जिल्लामा अत्यावश्यक सेवाबाहेक सार्वजनिक, निजी तथा गैरसरकारी संघसंस्थाबाट हुने काम कारबाही अर्को निणर्य नभएसम्मका लागि सुचारु नहुने भएको छ । कोरोना संक्रमणको जोखिम र खतरा मूल्यांकन गरेर निणर्य लिन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए ।

उच्च जोखिममा रहेका जिल्लामा दैनिक संक्रमितको संख्या बढ्दो क्रममा छ । उच्च जोखिममा रहेका ४ बाहेक उपत्यकासहित ७३ जिल्लामा भने लकडाउन खुकुलो बनाउँदै सोमबारबाट सार्वजनिक, निजी र गैरसरकारी संघसंस्थाबाट सेवा सुरु भइसकेका छन् ।

यसअघि जारी भएका सवारी पास दुरुपयोग हुनसक्ने भएर सोमबार नै गृहले जिल्लाभित्र आवागमनका सबै पास खारेज गर्नुका साथै एक जिल्लाबाट अर्को जिल्लामा जान पनि कडाइ गरिएको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ८ : २० बजे

मात्रा नमिलाई आँप खाँदा हुनसक्छ स्वास्थ्य समस्या

काठमाडौँ- यतिबेला बजारमा आँपको किनबेच निकै बढेको छ । वर्षायामको

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट

काठमाडौँ- बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकमा

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच विदेशी

पाल्पामा डीएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

पाल्पा– पाल्पामा बर्सेनि डिएपी मलको माग बढ्दै गएको छ ।

विश्वकपको दबाब: हारपछि किन सबैभन्दा पहिले प्रशिक्षकले पद गुमाउँछन् ?

काठमाडौँ – विश्वकप जित्ने सपना बोकेर मैदानमा उत्रिएका सबै टोलीको