सरकारलाई १४ थान 'युनिभर्सल एनेस्थेसिया' हस्तान्तरण | Khabarhub Khabarhub

सरकारलाई १४ थान ‘युनिभर्सल एनेस्थेसिया’ हस्तान्तरण


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निक साइमन्स फाउण्डेसनले आज नेपाल सरकारलाई कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारमा आवश्यक पर्ने भेन्टिलेटरसहितको १४ थान युनिभर्सल एनेस्थेसिया हस्तान्तरण गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्याममन्त्री भानुभक्त ढकाललाई सो फाउण्डेसनका निमित्त निर्देशक विकास श्रेष्ठ र वरिष्ठ कार्यक्रम व्यवस्थापक डा काशिम शाहले टेकुस्थित स्वास्थ्य सेवा विभागको परिसरमा सो सामग्री हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा मन्त्री ढकालले विषम स्थितिका बीच महत्वपूर्ण सहयोग गरेकामा आभार व्यक्त गर्दै भविष्यमा पनि सहयोगको अपेक्षा व्यक्त गरे ।

विना अक्सिजन शल्यक्रिया गर्न सकिने उक्त मेसिन सङ्खुवासभा अस्पताल, गाइघाट अस्पताल उदयपुर, दमक अस्पताल झापा, लहान अस्पताल सिरहा, कलैया अस्पताल बारा, त्रिशुली अस्पताल, दोलखा जिल्ला अस्पताल, वीर अस्पताल, भरतपुर अस्पताल, दमौली अस्पताल, स्याङ्जा जिल्ला अस्पताल, गुल्मी अस्पताल, पृथ्वी चन्द्र अस्पताल र कालीकोट अस्पतालमा पठाइनेछ ।

उक्त मेसिनको मूल्य रु तीन करोड छ लाख पर्ने जनाइएको छ । फाउण्डेसनले यसअघि पनि १० थान भेन्टिलेटर उपलब्ध गराएको थियो । डा शाहले अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन मेसिनले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ९ : ५२ बजे

भोजपुरको चखेवा–पाँचधारे सडक स्तरोन्नति

भोजपुर– बर्खामा क्षतिग्रस्त भएको चखेवा–पाँचधारे सडकमा स्तरोन्नतिपछि यातायात सञ्चालनमा आएको

सस्पेन्स थ्रिलर फिल्म जसरी ‘जारी २’बारे अड्कलेर बोल्छन् उपेन्द्र ! (अन्तर्वार्ता)

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी

आज अन्तर्राष्ट्रिय सेवाशुश्रूषा दिवस मनाइँदै

काठमाडौं– असहाय, वृद्ध, अपाङ्ग तथा सामाजिक रुपमा कमजोर वर्गको सहयोगप्रति

आज विश्व पक्षाघात दिवस मनाइँदै

काठमाडौं– सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ विश्व स्वास्थ्य सङ्गठनलगायत

म्याग्दीको तोराखेतमा थकाली ‘होमस्टे’

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ तोराखेतमा थकाली ‘होमस्टे’ (घरवास) सञ्चालन भएको