नेपाल-भारत सीमा क्षेत्रमा तारबार लगाउन माग गर्दै सर्वोच्चमा रिट « Khabarhub

नेपाल-भारत सीमा क्षेत्रमा तारबार लगाउन माग गर्दै सर्वोच्चमा रिट


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल भारत सीमानामा तारबार लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

नेपाल-भारत सीमा व्यवस्थापनका लागि राज्यले उचित कानुन बनाएर काँडे तार लगाउनुपर्ने मागसहित सर्वोच्चमा रिट परेको हो ।

आइतबार अधिवक्ता शालिकराम सापकोटा, नवल खड्का, गीता सापकोटा, सुवास विश्वकर्माले नेपाल- भारतबीचको १८८० किलोमिटर सीमाना रक्षा र संरक्षणका निम्ति चरणवद्ध रुपमा यसै अर्थिक वर्षदेखि तारजाली लगाउन सुरु गर्न सरकारको नाममा परमादेशको आदेश माग गर्दै रिट दायर गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरीषदको कार्यालय, प्रतिनिधिसभा र राष्ट्रियसभा, कानून मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषद लगायतलाई विपक्षी बनाइएको रिटमा सीमा सुरक्षा र संरक्षणका लागि उचित कानुन बनाउन र अन्य देश सरह अध्यागमन कानुन लागू गर्न माग गरिएको छ।

उक्त रिटको पेशी असार ९ का लागि तोकिएको छ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ८ : ४८ बजे

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग

पोखरेल समूहको भेला र पूर्वराष्ट्रपतिको अभिव्यक्तिप्रति ज्ञवालीको टिप्पणी – दुई दृश्यले आँखा बिझायो

काठमाडौं – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशन लगत्तै छुट्टै

१५ शय्याको मध्यविन्दु नगर अस्पताल निर्माण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग