अक्टुबरभित्र कोरोनाको भ्याक्सिन बजारमा ! | Khabarhub Khabarhub

अक्टुबरभित्र कोरोनाको भ्याक्सिन बजारमा !


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायतको औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले अबको ४ महिनाभित्र कोरोनाको भ्याक्सिन बजार उपलब्ध हुन सक्ने जनाएको छ ।

एस्ट्राजेनेकाका प्रमुख कार्यकारी पाकस्ताल सोरोइटले अक्टुबरबाट कोरोना भाइरसविरुद्धको भ्याक्सिन बजारमा आउन सक्ने दाबी गरेका हुन् ।

मंगलबार बेल्जियम रेडियोसँगको कुराकानीमा सोरोइटले तेस्रो चरणको ट्रायल सुरु भइसकेको भ्याक्सिन अक्टुबरबाट बजारमा आउने जानकारी दिएका हुन् ।

प्रायः तेस्रो चरणको ट्रायल क्लिनिकल विकासको अन्तिम चरण हुनेगर्छ र यसक्रममा सुरक्षा र प्रभावकारिता जाँच्नका लागि हजारौं मानिसलाई भ्याक्सिन दिइन्छ ।

उक्त भ्याक्सिनले करिव एक वर्षका लागि कोरोनाको संक्रमणबाट रक्षा गर्ने उनले बताएका छन् ।

अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको भ्याक्सिन उत्पादनका लागि एस्ट्राजेनेकाले बेलायत सरकारसँग सहकार्य गरिरहेको छ ।

मानिसमा यस भ्याक्सिनको परीक्षण जारी रहेका बेला एस्ट्रोजोनले विश्वभर २ बिलियन डोज उपलब्ध गराउने गरी बेलायत सरकारसँग सम्झौता गरिसकेको छ ।

एजेटडी–१२२२ नाम दिइएको अक्सफोर्ड विश्वविद्यालयको भ्याक्सिन चिम्पान्जीलाई संक्रमित गर्ने रुघाखोकीको कमजोर भर्सनमा आधारित छ । यसमा सार्स–कोभ २ को स्पाइक प्रोटिनको जेनेटिकल मेटेरियल पनि समावेश छ ।

बेलायत सरकारले कोरोना भाइरसकै भ्याक्सिन विकास गरिरहेको लन्डन इपेरियल कलेजलाई पनि ४१ मिलियन पाउन्ड सहयोग गरिसकेको छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ५ : ३० बजे

दिक्तेलमा कोशीको पूर्वाधार विकास कार्यालय

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडामा पूर्वाधार विकास

रुट र बुमराह ब्याटिङ र बलिङ वरीयताको शीर्ष स्थानमा

काठमाडौं – टेस्ट वरीयतामा ब्याटिङतर्फ इंग्ल्यान्डका जोए रुट तथा बलरमा

भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो

चितवन – भरतपुर महानगरपालिकाले अघिल्लो वर्षको तुलनामा खर्च र आम्दानी

नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

वीरगञ्ज– बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित  प्रेस्टिज कार्पेट इन्डस्ट्रिजले आफ्ना उत्पादन

ट्रम्पलाई नसा सम्बन्धी समस्या

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रगतको नसा सम्बन्धी क्रोनिक