ताप्लेजुङमा पहिरोले स्कुल बगायो | Khabarhub Khabarhub

ताप्लेजुङमा पहिरोले स्कुल बगायो


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–४ ईखावुस्थित रानी आधारभूत विद्यालय भवन पहिरोले बगाएको छ ।

मङ्गलबार राति गएको पहिरोले सो विद्यालयको चार कोठे भवन बगाएको हो । पहिरोले स्थानीयवासीका पशु चौपायासमेत बगाएको छ भने बालीनालीमासमेतमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए ।

स्थानीयका अनुसार स्थानीय रेन्जिङ तामाङको घर छेऊबाट पहिरो झरेको थियो । पहिरो गएको क्षेत्रमा तापेथोक प्रहरी चौकिबाट प्रहरीको टोली गएको तथा पहिरोले पारेको क्षतिको विस्तृत वितरण भने आउन बाँकी रहेको जनाइएको छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  २ : १२ बजे

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

तनहुँ – तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

खडेरीपछिको वर्षाले किसानलाई राहत

धनुषा – लामो समयको पर्खाइपछि वर्षा हुँदा धनुषाका किसानलाई राहत

तायाःमचा नृत्यको प्रचारप्रसारका लागि नृत्य प्रतियोगिता

कास्की – नेवार समुदायमा प्रचलित तायाःमचा नृत्य यो समुदायमा मात्र