सिड्नीमा कुटाकुट, एक नेपाली गम्भीर घाइते « Khabarhub

सिड्नीमा कुटाकुट, एक नेपाली गम्भीर घाइते


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी–बाटो काट्दा ठोक्किएको विषयमा विवाद हुँदा अस्ट्रेलियाको सिड्नीमा कुटाकुट भएको छ । कुटाकुट हुँदा एक नेपाली युवा गम्भीर घाईते भएका छन् ।

अष्ट्रेलियाको सिड्नीस्थित व्यापारीक केन्द्र जर्ज स्ट्रिटमा सोमबार राति बाटो काट्ने क्रममा एक अर्काबीच ठोक्किएको विषयलाई लिएर शुरु भएको विवादले उग्र रुप लिएको थियो । विवाद बढ्दै गएपछि २१ वर्षका सन स्कदरले २२ वर्षीय नेपाली युवा अनिस शाहीलाई अनुहारमा मुक्का प्रहार गरेपछि शाहीको टाउकोमा गम्भीर चोट लागेको छ । उनको टाउकोमा रगत जमेको बताईएको छ । आरोपित स्कदरलाई प्रहरीले  पक्राउ गरी हिरासतमा लिएको छ ।

उपचाररत घाइते 

त्यस्तै, सन स्कदरका दाजु तेजयलाई अर्का नेपाली युवा मारक लिम्बुले बक्स कटरले आक्रमण गर्दा तेजय घाईते भएका छन । उनको उपचारका लागि सेन्ट भिसेन्ट अस्पताल भर्ना गरिएको छ । घटनालगतै पुगेको पारामेडिक्सको टोलीले उनीहरुलाई अस्पताल पुर्‍याएको थियो।

लिम्बुलाई प्रहरीले हिरासतबाटै अस्पतालमा उपचार गराईरहेको छ भने अर्को समुहका स्कदर दाजुभाइ भने जमानतमा छुटेका छन् । कुटाकुटमा संलग्न सन स्कदरलाई हुलदंगा तथा अंधाधुन्द शारिरिक हमला गरेको मुद्धा लगाइएको छ । लिम्बुलाई सांघातिक आक्रमणको मुद्धा लगाइएको छ ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ९ : १६ बजे

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

काठमाडौं– भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्ति, सुरक्षा र व्यवस्थापकीय

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

दमौली – व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर- चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन्

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा