क्वारेन्टिनमै आत्महत्या गरेका ४५ वर्षे पुरुषमा पनि कोरोना पुष्टि « Khabarhub

क्वारेन्टिनमै आत्महत्या गरेका ४५ वर्षे पुरुषमा पनि कोरोना पुष्टि


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची- अर्घाखाचीमा क्वारेन्टाइन मै आत्महत्या गरेका एक पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाका प्रमुख डाक्टर राजेन्द्र गिरीका अनुसार अर्घाखाँचीमा क्वारेन्टाइनमा आत्महत्या गरेका ४५ वर्षीय पुरुषको जिरोमा परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

डा गिरीका अनुसार उनको पीसीआर विधिबाट गरिएको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको हो । अर्घाखाँचीका सितगंगा नगरपालिका वडा नम्बर ५ का ४५ वर्षका ती पुरुषले हिजो राति क्वारेन्टाइन नजिकै आत्महत्या गरेको नगरप्रमुख सूर्य प्रसाद अधिकारीले खबरहबलाइ बताए ।

नगरप्रमुख अधिकारका अनुसार ती पुरुष गर जेठ १० गते भारतबाट नेपाल आएका थिए ।

उनलाई स्थानीय क्वारेन्टाइनमा राखिएको १४ दिनपछि आरडीटी विधिबाट गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो ।

आरडीटी विधिबाट रिपोर्ट पोजेटिभ आएपछि उनको स्वाब संकलन गरी जेठ २५ गते प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको थियो ।

उनको आज रिपोर्ट पोजेटिभ आएको हो । शितगंगा नगरपालिकाका नगरप्रमुख अधिकारका अनुसार ती पुरुषको शव सेनाद्वारा अन्तेष्टि गरिसकिएको छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ८ : २६ बजे

बालेन सरकारका सय दिन पूरा, के के भए उपलब्धि ? (पूर्णपाठ)

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो

बाल संरक्षणसम्बन्धी नीति तथा संयन्त्रहरू र यसले बालबालिकाको जीवनमा पारेको प्रभाव

नेपालमा बालबालिकाबारे कानुनबाटै परिभाषित मापदण्ड छ । नेपालको कानुन र

नवनिर्वाचित राष्ट्रपति फुजिमोरीद्वारा पेरुमा ‘नयाँ अध्याय’ सुरु हुने घोषणा

लिमा- पेरुकी नवनिर्वाचित राष्ट्रपति केइको फुजिमोरीले आफ्नो निर्वाचनसँगै देशमा ‘नयाँ अध्याय’

सरकारको ‘घरघरमा सरकारी सेवा’ अभियान : दुई लाखभन्दा बढी राहदानी हुलाकमार्फत पठाइयो

काठमाडौं- सरकारले नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘घरघरमा सरकारी सेवा’

सय दिनमा भूमि प्रशासन, सहकारी नियमन र प्रशासनिक सुधारमा उल्लेख्य प्रगति

काठमाडौं- सरकारले आफ्नो १०० दिनको कार्यकालमा भूमि व्यवस्थापन, सहकारी क्षेत्रको