क्वारेन्टिनमै आत्महत्या गरेका ४५ वर्षे पुरुषमा पनि कोरोना पुष्टि | Khabarhub Khabarhub

क्वारेन्टिनमै आत्महत्या गरेका ४५ वर्षे पुरुषमा पनि कोरोना पुष्टि


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची- अर्घाखाचीमा क्वारेन्टाइन मै आत्महत्या गरेका एक पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाका प्रमुख डाक्टर राजेन्द्र गिरीका अनुसार अर्घाखाँचीमा क्वारेन्टाइनमा आत्महत्या गरेका ४५ वर्षीय पुरुषको जिरोमा परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

डा गिरीका अनुसार उनको पीसीआर विधिबाट गरिएको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको हो । अर्घाखाँचीका सितगंगा नगरपालिका वडा नम्बर ५ का ४५ वर्षका ती पुरुषले हिजो राति क्वारेन्टाइन नजिकै आत्महत्या गरेको नगरप्रमुख सूर्य प्रसाद अधिकारीले खबरहबलाइ बताए ।

नगरप्रमुख अधिकारका अनुसार ती पुरुष गर जेठ १० गते भारतबाट नेपाल आएका थिए ।

उनलाई स्थानीय क्वारेन्टाइनमा राखिएको १४ दिनपछि आरडीटी विधिबाट गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो ।

आरडीटी विधिबाट रिपोर्ट पोजेटिभ आएपछि उनको स्वाब संकलन गरी जेठ २५ गते प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको थियो ।

उनको आज रिपोर्ट पोजेटिभ आएको हो । शितगंगा नगरपालिकाका नगरप्रमुख अधिकारका अनुसार ती पुरुषको शव सेनाद्वारा अन्तेष्टि गरिसकिएको छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ८ : २६ बजे

मधेश प्रदेश प्रमुखले बाटोमै बनाइन् एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री

काठमाडौं– मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा

तनहुँको नयाँ सहर आयोजना : २० किलोमिटर सडक कालोपत्र

तनहुँ– नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले २० किलोमिटर सडक

नजिकबाट माछापुच्छ्रे नियाल्न ‘हेम्जाकोट’

गण्डकी– कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ मा अवस्थित हेम्जाकोट गाउँ नजिकबाट माछापुच्छ्रे

तल्लो हेवा खोला जलविद्युत आयोजनाको ऋण सम्झौता

काठमाडौं– पाँचथरस्थित तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ

झापा महिला गोल्डकप : उपाधिका लागि आज एपीएफ र पुलिस भिड्ने

काठमाडौं– पहिलो संस्करणको झापा महिला गोल्डकप फुटबलको उपाधिका लागि आज