१८ घण्टापछि खुल्यो अवरुद्ध नारायणगढ-मुग्लिन सडक « Khabarhub

१८ घण्टापछि खुल्यो अवरुद्ध नारायणगढ-मुग्लिन सडक


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड १८ घण्टापछि खुलेको छ।

हिजो, ३ असार बिहान सवा ४ बजे खसेको पहिरो गएराति १० बजे पन्छाएर सडक नियमित गरिएको हो।

नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार सो सडकको चार किलोमा पहिरोले ४५ मिटर सडक ढाकेको थियो।

दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाइएको खनालले जानकारी दिए। शुरूआतमा खसेको पहिरो पन्छाएलगत्तै सोही ठाउँमा पुनः पहिरो खस्दा समय लागेको उनले बताए।

पहिरो खसेसँगै सडक अवरुद्ध हुँदा सयौँ सवारी सडकमा अलपत्र परेका थिए।

सडक खुलेसँगै सवारी गन्तव्यतर्फ लागेका छन्। सवारीको चापका कारण सवारी एकतर्फी मात्र सञ्‍चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ११ : २२ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला